काठमाडौं- असार १५ मा सबैका आ-आफ्नै धुन हुन्छन्। तर बालबालिकालाई भने यस दिन धान रोप्नुभन्दा हिलो खेल्दै रमाइलो गर्नु प्रिय बनिदिन्छ।
भक्तपुरका विभिन्न स्थानमा रोपाइ चलिरहेको थियो। बालबालिका भने अभिभावकका साथैमा बसेर हिलोमा रमाइलो गरिरहेका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
'मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।