काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटीमा एक वृद्धाको आफू बस्दै आएको घरमा नै हत्या भएको छ।
छोरीको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको आइतबार बिहान घरमा नै हत्या भएको प्रहरीले जानकारी दिएको छ।
घाँटी रेटी उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको भक्तपुरका एसपी सबिन प्रधानले बताए।
मृतक वृद्धा स्थायी ठेगाना भने सिन्धुपाल्चोक बाँडेगाउ भएको बताइएको छ।
६० वर्षीया वृद्धाको हत्या कसले र किन गर्यो भन्ने पत्ता लाग्न सकेको छैन।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।