काठमाडौं- काठमाडौँ अदालत जिल्ला बार एकाइको नयाँ कार्यसमितिका लागि भएको चुनावमा लोकतान्त्रिक समूह विजयी भएको छ। अध्यक्षमा लोकतान्त्रिक समूहका जगदीश घिमिरे विजयी भए।
नेपाली कांग्रेस निकट कानुन व्यवसायी (डिएलए)का उम्मेदवार घिमिरे १ हजार ३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले १ सय १० मत मात्र प्राप्त गरेको थिए। अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका हुन्।
उपाध्यक्षमा सुवोधबाबु चिलुवाल, सचिवमा दमनकुमार चन्द, सहसचिवमा लक्ष्मी सापकोटा (निर्विरोध), कोषाध्यक्षमा विश्वास आचार्य विजयी भएका छन्।
महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्था निर्विरोध, खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल (गणेश), विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिवकुमार यादव र दीपेन्द्र अधिकारी विजयी भएका छन्।
नेपालकै सबैभन्दा धेरै २ हजार ६ सय ८ मतदाता रहेको सो बारमा १ हजार १ सय ९८ मत खसेको थियो। शनिबार मतदान भएको थियो। मतदानको केही समयपछि नै मतगणना सुरु गरिएको थियो।
मत परिणामः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।