जनकपुर- प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने दुबै जना बहुदरमाई नगरपालिका–५, बर्वा टोलबासी हुन्। उनीहरु दुबैलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो।
नियमित जाँचका क्रममा नगरपालिकाको भौराटारका ५५ वर्षीय मदन साह र भारत बिहारको समस्तीपुर बस्ने ३५ वर्षीया आनन्दी महतोलाई ३५ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
नेपालबाट खरिद गरिएको गाँजा भारततर्फ लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ परेका दुवैमाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।