राजविराज- मोटरसाईकल दुर्घटनामा परी सप्तरीमा एक युवकको मृत्यु भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाटोल निवासी गंगा रामका छोरा २५ वर्षीय अर्जुनको मृत्यु भएको हो।
स ४ प ८६२ नम्बरको मोटरसाइकल लिएर हनुमानगरबाट भारदह जाँदै गरेका राम मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए।
भारदह अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारकालागि विराटनगर लाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
अवस्था बिगँ्रदै गएपछि उनलाई सुनसरीको इनरुवा अस्पताल भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।