काठमाडौं- तत्कालीन बाम गठबन्धनको समर्थनमा चुनाव जितेका स्वतन्त्र नेता हृदयेश त्रिपाठीले नेकपा मधेशमा लोकप्रिय भनएको बताएका छन्। जननेता मदन भण्डारीको ६७औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता त्रिपाठीले सो कुरा बताएका हुन्।
'नेकपा मधेशमा लोकप्रिय छैन। त्यहाँका जनताले हाम्रो पार्टी भन्न सकेका छैनन्। ३० प्रतिशत मत मधेशको काँग्रेसकै छ,' उनले भने।
सरकारको सफलता र असफलता राजनीतिक कोर्षसँग जोडिएको उनले उल्लेख गरे। दुई पार्टी एक भएर नेकपाको बहुमत आएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।