काठमाडौं- नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -२०१९ शनिबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीको सिल्भरस्प्रिङमा सुरु भएको छ।
शनिबार साँझबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन्।
.jpg)
महोत्सवमा नेपाली पानोरामा अन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्र्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए।
.jpg)
विनोद पौडेलद्धारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरियो। तीन दिन सम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ।
महोत्सवका मानार्थ अध्यक्ष नविन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन्।
.jpg)
नेपाल अमेरिका फिल्म सोसाइटीद्धारा आयोजिना भएको यो महोत्सवमा नेपालका अन्र्तराष्ट्रिय ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन्।
महोत्सवको रेडकार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघसस्थाको व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो । महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।