काठमाडौं- सभामुख कृष्णबहादुर महराले माफियाले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित दक्षिणबाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताएका हुन्।
सार्वजनिक जग्गा, वन पोखरी , सामुदायिक वन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्दै उनले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताए। उनले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञासमेत दिए।
'प्रदुषण राजनीतिमा पनि छ। अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो,' उनले भने।
सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन, पोखरीलगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताए। राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्तर्गत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।