काठमाडौं- झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ। सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।
सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो। जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए।
जिल्ला वन कार्यालयको तथ्यांक अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।