राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिकामा बेवारिसे र बिरामी अवस्थामा फेला परेका एक वृद्धको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ।
सुरुङ्गा नगरपालिका–१ स्थित सातपत्र चोकमा करिब ६५ वर्षीय वृद्ध गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो।
गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बिरामी अवस्थामा बोल्न नसकेका कारण उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।