जनकपुर- बालिका अपहरणपश्चात् जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अपहरण तथा शारीरिक बन्धक, जबर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त २१ वर्षीय रुपेश बैठा धोबीलाइ पक्राउ गरेको जनाइएको छ।
२०७५ जेठ २३ गते गौर नगरपालिका–५ स्थित वर्ष १७ की किशोरीलाई अपहरण गरेका धोबीलाई राजपुर नगरपालिका–३ ब्रहमपुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त धोबीले निज किशोरीलाई भारतको दिल्ली लगी बन्धक बनाई पटक–पटक जबर्जस्ती करणी गरी बेच्ने प्रयाससमेत गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।