जनकपुर- महोत्तरीको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुटी)बाट राम, सीता र लक्ष्मणका तीन मूर्ति चोरी भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले उक्त जानकारी दिएका हुन्। मन्दिरमा रहेका नयाँ मूर्तिहरू अष्टधातुबाट बनाइएका थिए। डेढ फिट उचाई रहेका तीन मूर्ति प्रतिगोटा दुई लाख ५० हजार रुपैयाँमा किनेर मन्दिरमा राखिएको थियो। मूर्तिको वजन करिब १५/१५ किलोग्राम रहेको थियो।
चोरीको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकी बताउँछन्। मूर्तिहरू गह्रौं भएकाले तुरन्तै गाउँपालिकाबाहिर लैजना नसक्ने बताउँदै उनले चाँडै फेला पारिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।