काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने कांग्रेस सभापति देउवाको चेतावनी, सरकारले ल्याएका विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान।
२) काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने युवक पक्राउ, सिरिन्ज नभएर ढलानको किला रोपेको बयान।
३) कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, सहभागी ८४ हजार २ सय परीक्षार्थीमध्ये १२ हजार १५ जना उत्तीर्ण।
४) नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग २ वटा टी–२० खेल खेल्ने पक्का, अन्तिम नामावली शनिबार सार्वजनिक हुने।
५) नागरिकतासम्बन्धी प्रश्न थप्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयमा अदालतको रोक, जनगणना नै पछि सार्ने प्रयासमा राष्ट्रपति ट्रम्प।
पूरा समाचार भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।