काठमाडौं- नेपाली कांग्रेसले सरकारी सार्वजनिक प्रति जग्गामा घर तथा झुपडी निर्माण गरी बसिरहेकालाई नहटाउन आग्रह गरेको छ।
रुपन्देही जिल्ला सियारी गाउँपालिकाले वडा नम्बर ७ कनरी भर्थपुरदेखि अमुवा पुल तथा अन्य वडामा अस्थायी बसोबास गर्दै आएका परिवारलाई नहटाउन कांग्रेस संसदीय दलले सरकारसँग आग्रह गरेको हो। सचेतक बालकृष्ण खाँडले विज्ञप्ति निकालेर लामो समयदेखि बसोबास गरिरहेका परिवारको ७ दिनभित्र घरटहरा हटाउने सूचनाप्रति आपत्ति जनाए।
‘वर्षौंदेखि बसोबास गर्दै आएका घरपरिवारलाई वर्षात्को समयमा घरबारविहीन गरी विस्थापित गर्न खोज्नु सामाजिक न्याय र मानवअधिकार विपरीतको कार्य हो,’ विज्ञप्तिमा भनिएको छ। स्थानीय गाउँपालिकाले सरोकारवालासँग परामर्श, छलफल र सल्लाह तथा सहमति नगरी हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाइएको छ।
वैकल्पिक बसोबासको व्यवस्था गरेपछि मात्रै हटाउने निर्णय गर्न विज्ञप्तिमा सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।