काठमाडौं– कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
मानव संशाधन विभागले सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा व्यक्तिगत रुपमा बिहीबार बेलुकादेखि नै हेर्न मिल्ने गरी राखिसकेको छ।
रोजगार अनुमति प्रणाली (इपिएस शाखा) ले भने केहीबेरमै भाषा परीक्षाको नतिजा सार्वजनिक गर्ने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले नेपाल लाइभलाई जानकारी दिए।
‘कोरियाको मानव संशाधन विभागले कोरियाली भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरे पनि इपिएस शाखालाई भने केही पनि विवरण प्राप्त भइसकेको छैन, कोरियाले नतिजा पठाएपछि हामी सार्वजनिक गर्छौं,’ उनले भने।
यस वर्षको कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले दिएको आवेदनमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी भएका थिए। परीक्षामा ८ हजार १ सय ४१ जना उपस्थित भएका थिए, १ सय ५६ जना अमर्यादित काम गर्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो।
दक्षिण कोरियाले यस वर्ष १० हजार ५० कामदार लैजाने निर्णय गरेको छ।
जसमध्ये उत्पादनमूलक कामका लागि ७ हजार ५० र कृषिका लागि ३ हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस शाखाले जानकारी दिएको छ।
कोरिया सरकारले इपिएस अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ।
दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन्। एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजारभन्दा बढी युवाहरुले सहभागिता जनाइसकेका छन्।
हालसम्म कोरियामा ५८ हजार बढी युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। नेपाली युवाहरूका लागि कोरिया निकै महत्वपूर्ण रोजगारीको गन्तव्य मुलुक बन्दै आएको छ।
अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थीमध्ये ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए।
कोरिया भाषा परीक्षाको आफ्नो व्यक्तिगत नतिजा हेर्न कोरियाको मानव संशाधन विभागको वेबसाइटमा क्लिक गर्नुपर्छ। र आवश्यक निर्देशन पालना गर्नुपर्छ।
इपिएस शाखाले सार्वजनिक गरेपछि भने परीक्षाको नतिजा www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।
यो लिंकमा गएर पनि नजिता हेर्न सकिन्छ- eps.hrdkorea.
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।