काठमाडौं- प्रतिबन्धित बाघको छाला, खप्पर र दाह्रासहित दुई जना पक्राउ परेका छन्।
काठमाडौं मित्रनगरबाट नौ लाख मूल्य बराबरका ती सामानसहित प्रहरीले बरामद गरेको हो।
प्रहरी निरीक्षक कृष्ण गिरीको कमान्डमा खटिएको टोली तथा अपराध महाशाखाको टोली समेतले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।