डडेल्धुरा- डोटीमा साली नाता पर्ने एक महिलाको जबरजस्ती करणीको आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्।
जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँ स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले साली नाता पर्ने महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा विष्टलाई पक्राउ हो।
विष्ट नेपाली सेनाको कुमार दल गुल्म सुपारीटार हेटौडामा जवान पदमा कार्यरत रहेको उनले बताएका छन्।
उनका अनुसार असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी महिलालाई विष्टले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।