काठमाडौं– सुनसरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विभिन्न हातहतियार, अवैध लागुऔषध र नगद सहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ धरान बस्ने ३९ वर्षीय सरोज गुरुङ, सोही उपमहानगरपालिका–११ डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेश राई र सोही उपमहानगरपालिका–११ बस्ने भोजपुर आमचोक गाउँपालिका–६ घर भएका २९ वर्षीय विजय राई रहेका छन्।
बिहीबार बिहान उनीहरुकै घर तथा डेराकोठाबाट पक्राउ गरिएको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउन्डबाट पेस्तोल २ थान, त्यसको म्याग्जिन १ थान, एसएलआरको गोली १४ राउन्ड, पेस्तोलको गोली ११ राउन्ड बरामद गरेको छ।
त्यसैगरी लागुऔषध डाइलेक्स डिसी ४ बोतल, लागुऔषध खैरो हेरोइन २ ग्राम ७ सय ३० मिलिग्राम, खुकुरी २ थान, फलामको नक १ थान, मखुन्डो ३ थान, मोबाइल ३ थान, मोटरसाइकल ३ थान (को २५ प ४९८९, को ९ प ४३९८, को ५ प ३७५७ नम्बर), डाइसको गोटी ६ थान, नगद १५ हजार १ सय ३५ रुपैयाँसमेत बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।