दाङ– नेकपाकी सचेतक एवं प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले एसइईमा २ दशमलव ६५ जिपिए प्राप्त गरी बी ग्रेड हासिल गरेकी हुन्।
परिक्षाफल प्रकाशित भएसँगै शुचिन्तकहरुको फोन आइरहेको र आफू बाटोमा भएकोले नजिता अझै हेर्न नभ्यएको उनले बताइन् । ‘धेरैले बधाई दिन फोन गर्नुभएको छ, नतिजा अरुबाटै थाहा पाएको छु,’ उनले भनिन्। आफूले गरेको मेहनत अनुसारको प्रतिफल पाएको भन्दै खुशी व्यक्त गरिन्।
सानैदेखि पढ्ने रहर भएपनि पढ्न नपाएको सुनाउने शान्ताले एसइई पछि उच्चशिक्षा हुँदै बुढेसकालमा भएपनि पिएचडी गर्ने सपना भएको बताएकी छिन्।
२०७३ सालमा दाङकै डाँडागाउँ मावि गोग्लीमा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो । उनले खुल्ला विद्यालयबाट एसइई परिक्षा दिएकी हुन्। यसै वर्ष चौधरीकी छोरी १७ वर्षीया विनु चौधरीले पनि काठमाडौंको एक विद्यालयवाट एसइई दिएकी हुन्।
कुल ११ हजार ४ सय ६४ विद्यार्थी सहभागि भएको दाङको एसइई परीक्षामा दुईजना दृष्टिविहीन, ७ जना सुस्तश्रवण र १ जना कैदीले परीक्षा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।