काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अनुदानको कृषि सामग्री बेच्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कृषि ज्ञान केन्द्र बारा कलैयाले चालु आर्थिक वर्षमा धान पकेट क्षेत्र सञ्चालनका लागि आदर्श कोतवाल गाउँपालिका–१ मा धान पकेट समिति गठन गरेको थियो। उक्त समितिसँग भएको सम्झौता अनुसार सोही गाउँपालिकाको ४ नम्बर वडामा रहेको श्री किसान एग्रो सेन्टरबाट ४ लाख रुपैयाँ बराबरका कृषि सामाग्री खरिद गरी २० जना किसानलाई वितरण गरिएको थियो।
किसानलाई वितरण गरिएको उक्त सामग्री पुन: सोही एग्रोभेटमा जम्मा गरी बेच्न लागिएको थाहा भएपछि प्रहरीले एग्रोभेट सञ्चालक गुञ्जेश्वरी प्रसाद साह कानुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
उनलाई कृषि ज्ञान केन्द्र बारा र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
सात दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।