• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काष्ठकलामा चम्किँदै प्रकाश, भन्छन्- आफ्नो सिपको काम गर्नेलाई नेपालमै अमेरिका

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  ०६:२०
1140x725

काठमाडौं– भित्तामा निकै आकर्षक र कलात्मक फ्रेमहरु झुण्ड्याइएका छन्। वरपर भगवानका मूर्तिहरु राखिएका छन्। दरबारमा सजाइने जस्ता कला भरिएका झ्याल र ढोकाहरु पनि लहरै ठड्याइएका छन्।

कालोपुलस्थित मालाकार कारखानामा हातमा कुन्जो र छिनो लिएर टुकटुक आवाज निकाल्दै काठमा कलात्मक प्राण भरिरहेका छन् ललितपुर बुङ्मतीका प्रकाश मालाकार।

हरेक मूर्तिकारले ढुंगामा मूर्ति देख्छ। प्रकाशले भने हरेक काठमा कला देख्छन्। सोहीअनुसार काठलाई सिंगार्छन्। उनको हात चलेपछि सपाट काठमा एकाएक कलात्मक आकृति बन्न पुग्छ।

देशमा विद्यमान बेरोजगारीको समस्याको उनमा कुनै प्रवाह छैन। बरु कतिपयको यही बाध्यतालाई अवसरमा बदल्न काष्ठकलाको माध्यमबाट आफ्ना लागि आफैंले सुनौलो रोजगारीको अवसर निर्माण गरिरहेका छन् उनी।

काठमै कलाको प्राण भरेर विभिन्न स्वरुपमा बदलिदिन्छन्। काठबाटै मानिसहरुका आश्थाका धरोहर भगवानका मूर्ति पनि बनाउँछन् उनी।

भनिन्छ नि कला र गला भएको मानिसले कहिल्यै दुःख पाउँदैन। र त आफैंमा सक्षम भएका प्रकाशलाई न त काम खोज्दै कतै भौँतरिनु परेको छ, न त आर्थिक समस्याबाट गुज्रिनु नै।

८ वर्षको उमेरदेखि काष्ठकलामा जमेका प्रकाश
क, ख सिक्न सानो झोला बोकेर विद्यालय जाँदादेखि नै उनको नजरमा काष्ठकलाको छाप बसेको हो। यसका लागि पहिलो विद्यालय भने उनको आफ्नै घर थियो। बुवा गंगाबहादुरले काठ कुँदेको देख्ने बित्तिकै प्रकाशलाई पनि त्यही रहरले पक्रेको थियो। बुवाको आडमा बसेर उनी हातमा छिनो र कुन्जो लिएर काठसँग खेल्न थाल्थे।

nimb
nimb
Ncell 2
Ncell 2

विद्यालयबाट फर्किएको बाँकी समय उनको यसैगरी बित्थ्यो। 'छोरा सानो छ कतै चोटपटक लागिहाल्छ कि' भन्ने शंका लागे पनि आफूलाई कहिल्यै काठसँग खेल्नमा बुवाले रोक नलगाएको सुनाउँछन् प्रकाश।बिस्तारै प्रकाशलाई बुवाको काम हेर्दै छिनो चलाउने रहर बढ्दै गयो।

‘स्कुल गएर फर्किएपछि बुवाको काम हेर्दा-हेर्दै सिकिएछ,’ बाल्यकाल स्मरण गर्छन् उनी। आमा सुर्जमायाले गरेको स्याहारले उनको शरीरमा बल मात्रै सञ्चित भएन, बिस्तारै बुवाको सिपसमेत घुल्न थाल्यो।

सुरुमा उनले काठबाट कोठामा सजाउने र फोटोहरु राख्ने सुन्दर फ्रेमहरु बनाउन थाले। त्यही अभ्यासले उनलाई बिस्तारै अन्य कलात्मक ढंगबाट काठलाई आकार दिनेसम्म बनायो। 

३५ वर्षका प्रकाशले काठसँगै साइनो गाँसेको पनि २७ वर्ष भइसकेको छ। उनी ८ वर्षको उमेरदेखि निरन्तर काष्ठकलामै रमाइरहेका छन्।

काष्ठकलाको कामबाट पाएको सन्तुष्टी
हरेक व्यक्तिलाई आफूले चाहेअनुसार गर्न पाउनु सायद सन्तुष्टीको आधार हो। प्रकाशको हकमा पनि यो लागू हुन्छ। सानै उमेरदेखि पुर्ख्यौली पेसामै रमेका प्रकाशले काष्ठकलाको कामबाट निकै सन्तुष्टि मिल्ने गरेको सुनाए।

प्रकाशले ललितपुरको एकान्तकुनास्थित काष्ठ उद्योगबाट काठहरु ल्याउँछन् र त्यसमा कला भर्छन्। विभिन्न किसिमका पौराणिक बुट्टाहरु, भगवानका मूर्तिहरु, कलात्मक झ्याल र ढोका तयार हुँदा उनको अनुहारमा छुट्टै कान्ति सवार हुन्छ।

'त्यसमाथि आफूले बनाएका सामग्रीको माग बढी हुँदा मेहनतमा थप बढावा मिल्छ,' मुस्कुराउँदै प्रकाश बोले, 'काठको काम गर्ने रहर थियो, अरु केही काम नै सोचिन। त्यसमाथि बुवाको साथ। पुर्ख्यौली पेसा धानेको जस्तो पनि भयो। अनि बजारका लागि पनि धेरै धाउन परेन। नयाँ पेसा अँगालेको भए त फेरि जिरोबाटै सुरु गर्नुपर्थ्यो।'

माध्यामिक तहसम्मको अध्ययन सकेका प्रकाशलाई क्याम्पसको पढाइले त्यति आकर्षित गरेन, जति काष्ठकलाले गर्‍यो। सँगैका साथीहरु क्याम्पसका मोटा किताबमा घोत्लिँदा प्रकाश भने काठहरुमा आफ्नो सिप उद्याउन प्रखर हुने क्रममा थिए।

‘काष्ठकलाको काममा जति धेरै मेहनत गर्नसक्यो उति राम्रो कमाइ हुन्छ,’ टुकटुक आवाजसँगै प्रकाशको आवाज मिसिन्छ।

त्यतिकैमा पसलमा झ्यालको अर्डर गर्ने ग्राहक आइपुग्छन्। प्रकाश ग्राहकसँग पनि उस्तै कलात्मक तरिकाले संवाद गर्छन्।

सोचेस्तो कमाइ
‘राणाकालीन समयमा त त्यति राम्रो कमाइ हुँदैन थियो रे,' उनी बाले सुनाएको कथा सम्झिन्छन्, ‘त्यतिबेला राणाहरुका घर र दरबारहरुमा मात्रै यस्ता कलात्मक झ्याल र ढोका प्रयोग हुन्थे रे।’

तर, अहिले पनि धेरै मानिसको यस्ता चिजमा आकर्षण रहेको सुनाउँछन् उनी । २०७२ को विनाशकारी भूकम्पपछि त उनको काष्ठकलाको व्यापार झनै फस्टाएको छ। कारण हो भूकम्पले काठमाडौंसहित विभिन्न स्थानका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु ध्वस्त हुनु। ती सम्पदाको पुनर्निर्माणको काम अहिले चलिरहेको छ। पुरानै अवस्थामा निर्माण गर्नुपर्ने भएकोले पनि प्रकाशको व्यस्तता बढेको हो।

भत्किएका सांस्कृतिक सम्पदाहरु पुनर्निमाणका लागि आवश्यक पर्ने कलात्मक ढंगले बनाइएका झ्याल, ढोका, चौकोस र खम्बाहरु प्रकाशले बनाउँछन्। यसले उनको व्यवस्तासँगै आयआर्जनसमेत बढेको छ।

‘आफूमा भएको कलाको सदुपयोग गरेर राम्रो काम गर्न सक्नुपर्‍यो कमाई त भइहाल्छ नि, मेरो पनि मेहनतअनुसार राम्रो छ,’ प्रेरणादायी लाग्ने उनको बोली सुनिन्छ।

प्रकाशको कमाइ सोचेजस्तो छ। मासिक १ लाखदेखि २ लाखसम्म कमाइ गर्छन् उनी।

एउटै झ्यालबाट लाखौँ आम्दानी
काष्ठकलाको काम भने उत्तिकै झन्झटिलो हुने पनि उनको बुझाइ छ। एउटै सामान तयार हुन महिनौं लागेको पनि उनको अनुभव छ।

'एउटा कलात्मक झ्याल बनाउन २/३ महिनाभन्दा बढी पनि लाग्नसक्छ। त्यसमाथि झ्यालको डिजाइन हेरेर हुन्छ कति समय लाग्छ भन्ने कुरा,’ प्रकाश सुनाउँछन्।

साधारण झ्याल तयार हुनभन्दा कलात्मक झ्यालले बढी समय लिन्छ। झ्यालको मूल्य पनि झ्याल बनाउन लाग्ने मेहनत र काठ हेरेर निर्धारण गर्छन् उनी। भन्छन्, ‘झ्यालको मूल्य २ लाखभन्दा माथि पनि हुन्छ। यो सब काठ, रंगरोगन र मेहनत हेरेर हुन्छ।’

विश्वबजारसम्म प्रकाशको कलाको माग
प्रकाशको कला स्वदेशमा मात्र होइन विदेशमा पनि पुगेको छ। उनले बनाएका काष्ठकलाका सामग्रीहरुको विदेशी बजारमा समेत माग हुने गरेकोले विश्वका विभिन्न स्थानमा पठाउने गरेका छन्।

कतिपय अवस्थामा पर्यटकहरु नै पसलसम्म आएर काष्ठकलाका विभिन्न सामान लाने गरेको प्रकाश सुनाउँछन्। फ्रेमहरु, कलात्मक मूर्ति लगायत सजावटका विभिन्न सामग्रीहरुको माग विश्व बजारसम्म छ।

‘फ्रेम र झ्यालहरुको माग विशेष गरेर जर्मनीमा छ,’ प्रकाश भन्छन्, 'त्यस्तै अमेरिका, भारत, क्यानडा, जापानलगायत मुलुकहरुबाट आउने पर्यटकहरु पनि पसलसम्म आउँछन्, कलाको प्रशंसा गर्छन् र किनेर लैजान्छन्।'

‘कला भए काम र कमाइको दु:ख हुँदैन’
नेपाली युवाहरु मासिक ३० हजारभन्दा कम कमाइ गर्न खाडी पुग्ने गर्छन्। आफूसँग दक्षता र सिप नहुँदा विदेश जाने धेरै युवाहरु समस्यामा पर्ने गरेका छन्। तर, प्रकाश भने सिप हुने र सिप सिक्न जाँगर हुनेलाई ३० हजार कमाउनका लागि विदेश जानु नपर्ने दाबी गर्छन्।

‘आफ्नो सिपको काम गर्नेलाई नेपालमै अमेरिका छ,’ प्रकाशको अनुहारमा सन्तुष्टिको भाव झल्किन्छ।

प्रकाशले परदेश जाने सोच कहिल्यै नआएको बताए। यसका लागि कतैबाट दबाब आएको समेत उनलाई थाहा छैन। ‘आफ्नो काम गर्वका साथ गर्न सक्ने मानिसहरुलाई कामको कुनै दुःख छैन नेपालमा,’ प्रकाश थप्छन्।

कामको खोजीमा भौंतारिरहेका युवाहरुले सिप सिके कुनै पनि दुःख नहुने उनको अनुभव छ।

आफूसँग सिप भए सिप अनुसारको मेहनत गर्नलाई परदेश नै पुग्नुपर्दैन। काम र कमाईको प्रलोभनमा वैदेशिक रोजगारीमा जाने सपना बुनिरहेका युवाहरुलाई काष्ठकलाको तालिम लिएर स्वदेशमै काम गर्न सुझाउँछन् प्रकाश।

उनी भन्छन्, ‘काष्ठकलाको माग अहिले धेरै छ, काम गर्ने मान्छे भने जति नहुँदा बजारमा माग अनुसारको आपूर्ति भइरहेको छैन।’

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय नबन्ने, पार्टीको नाममा रहेको बल्खुमा बन्ने बिहीबार, जेठ ७, २०८३
यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रमको पुर्णपाठ बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित बिहीबार, जेठ ७, २०८३
‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२  प्रतिनिधि सभाबाट पारित बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्