• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काष्ठकलामा चम्किँदै प्रकाश, भन्छन्- आफ्नो सिपको काम गर्नेलाई नेपालमै अमेरिका

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  ०६:२०
1140x725

काठमाडौं– भित्तामा निकै आकर्षक र कलात्मक फ्रेमहरु झुण्ड्याइएका छन्। वरपर भगवानका मूर्तिहरु राखिएका छन्। दरबारमा सजाइने जस्ता कला भरिएका झ्याल र ढोकाहरु पनि लहरै ठड्याइएका छन्।

कालोपुलस्थित मालाकार कारखानामा हातमा कुन्जो र छिनो लिएर टुकटुक आवाज निकाल्दै काठमा कलात्मक प्राण भरिरहेका छन् ललितपुर बुङ्मतीका प्रकाश मालाकार।

हरेक मूर्तिकारले ढुंगामा मूर्ति देख्छ। प्रकाशले भने हरेक काठमा कला देख्छन्। सोहीअनुसार काठलाई सिंगार्छन्। उनको हात चलेपछि सपाट काठमा एकाएक कलात्मक आकृति बन्न पुग्छ।

देशमा विद्यमान बेरोजगारीको समस्याको उनमा कुनै प्रवाह छैन। बरु कतिपयको यही बाध्यतालाई अवसरमा बदल्न काष्ठकलाको माध्यमबाट आफ्ना लागि आफैंले सुनौलो रोजगारीको अवसर निर्माण गरिरहेका छन् उनी।

काठमै कलाको प्राण भरेर विभिन्न स्वरुपमा बदलिदिन्छन्। काठबाटै मानिसहरुका आश्थाका धरोहर भगवानका मूर्ति पनि बनाउँछन् उनी।

भनिन्छ नि कला र गला भएको मानिसले कहिल्यै दुःख पाउँदैन। र त आफैंमा सक्षम भएका प्रकाशलाई न त काम खोज्दै कतै भौँतरिनु परेको छ, न त आर्थिक समस्याबाट गुज्रिनु नै।

८ वर्षको उमेरदेखि काष्ठकलामा जमेका प्रकाश
क, ख सिक्न सानो झोला बोकेर विद्यालय जाँदादेखि नै उनको नजरमा काष्ठकलाको छाप बसेको हो। यसका लागि पहिलो विद्यालय भने उनको आफ्नै घर थियो। बुवा गंगाबहादुरले काठ कुँदेको देख्ने बित्तिकै प्रकाशलाई पनि त्यही रहरले पक्रेको थियो। बुवाको आडमा बसेर उनी हातमा छिनो र कुन्जो लिएर काठसँग खेल्न थाल्थे।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयबाट फर्किएको बाँकी समय उनको यसैगरी बित्थ्यो। 'छोरा सानो छ कतै चोटपटक लागिहाल्छ कि' भन्ने शंका लागे पनि आफूलाई कहिल्यै काठसँग खेल्नमा बुवाले रोक नलगाएको सुनाउँछन् प्रकाश।बिस्तारै प्रकाशलाई बुवाको काम हेर्दै छिनो चलाउने रहर बढ्दै गयो।

‘स्कुल गएर फर्किएपछि बुवाको काम हेर्दा-हेर्दै सिकिएछ,’ बाल्यकाल स्मरण गर्छन् उनी। आमा सुर्जमायाले गरेको स्याहारले उनको शरीरमा बल मात्रै सञ्चित भएन, बिस्तारै बुवाको सिपसमेत घुल्न थाल्यो।

सुरुमा उनले काठबाट कोठामा सजाउने र फोटोहरु राख्ने सुन्दर फ्रेमहरु बनाउन थाले। त्यही अभ्यासले उनलाई बिस्तारै अन्य कलात्मक ढंगबाट काठलाई आकार दिनेसम्म बनायो। 

३५ वर्षका प्रकाशले काठसँगै साइनो गाँसेको पनि २७ वर्ष भइसकेको छ। उनी ८ वर्षको उमेरदेखि निरन्तर काष्ठकलामै रमाइरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

काष्ठकलाको कामबाट पाएको सन्तुष्टी
हरेक व्यक्तिलाई आफूले चाहेअनुसार गर्न पाउनु सायद सन्तुष्टीको आधार हो। प्रकाशको हकमा पनि यो लागू हुन्छ। सानै उमेरदेखि पुर्ख्यौली पेसामै रमेका प्रकाशले काष्ठकलाको कामबाट निकै सन्तुष्टि मिल्ने गरेको सुनाए।

प्रकाशले ललितपुरको एकान्तकुनास्थित काष्ठ उद्योगबाट काठहरु ल्याउँछन् र त्यसमा कला भर्छन्। विभिन्न किसिमका पौराणिक बुट्टाहरु, भगवानका मूर्तिहरु, कलात्मक झ्याल र ढोका तयार हुँदा उनको अनुहारमा छुट्टै कान्ति सवार हुन्छ।

'त्यसमाथि आफूले बनाएका सामग्रीको माग बढी हुँदा मेहनतमा थप बढावा मिल्छ,' मुस्कुराउँदै प्रकाश बोले, 'काठको काम गर्ने रहर थियो, अरु केही काम नै सोचिन। त्यसमाथि बुवाको साथ। पुर्ख्यौली पेसा धानेको जस्तो पनि भयो। अनि बजारका लागि पनि धेरै धाउन परेन। नयाँ पेसा अँगालेको भए त फेरि जिरोबाटै सुरु गर्नुपर्थ्यो।'

माध्यामिक तहसम्मको अध्ययन सकेका प्रकाशलाई क्याम्पसको पढाइले त्यति आकर्षित गरेन, जति काष्ठकलाले गर्‍यो। सँगैका साथीहरु क्याम्पसका मोटा किताबमा घोत्लिँदा प्रकाश भने काठहरुमा आफ्नो सिप उद्याउन प्रखर हुने क्रममा थिए।

‘काष्ठकलाको काममा जति धेरै मेहनत गर्नसक्यो उति राम्रो कमाइ हुन्छ,’ टुकटुक आवाजसँगै प्रकाशको आवाज मिसिन्छ।

त्यतिकैमा पसलमा झ्यालको अर्डर गर्ने ग्राहक आइपुग्छन्। प्रकाश ग्राहकसँग पनि उस्तै कलात्मक तरिकाले संवाद गर्छन्।

सोचेस्तो कमाइ
‘राणाकालीन समयमा त त्यति राम्रो कमाइ हुँदैन थियो रे,' उनी बाले सुनाएको कथा सम्झिन्छन्, ‘त्यतिबेला राणाहरुका घर र दरबारहरुमा मात्रै यस्ता कलात्मक झ्याल र ढोका प्रयोग हुन्थे रे।’

तर, अहिले पनि धेरै मानिसको यस्ता चिजमा आकर्षण रहेको सुनाउँछन् उनी । २०७२ को विनाशकारी भूकम्पपछि त उनको काष्ठकलाको व्यापार झनै फस्टाएको छ। कारण हो भूकम्पले काठमाडौंसहित विभिन्न स्थानका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु ध्वस्त हुनु। ती सम्पदाको पुनर्निर्माणको काम अहिले चलिरहेको छ। पुरानै अवस्थामा निर्माण गर्नुपर्ने भएकोले पनि प्रकाशको व्यस्तता बढेको हो।

भत्किएका सांस्कृतिक सम्पदाहरु पुनर्निमाणका लागि आवश्यक पर्ने कलात्मक ढंगले बनाइएका झ्याल, ढोका, चौकोस र खम्बाहरु प्रकाशले बनाउँछन्। यसले उनको व्यवस्तासँगै आयआर्जनसमेत बढेको छ।

‘आफूमा भएको कलाको सदुपयोग गरेर राम्रो काम गर्न सक्नुपर्‍यो कमाई त भइहाल्छ नि, मेरो पनि मेहनतअनुसार राम्रो छ,’ प्रेरणादायी लाग्ने उनको बोली सुनिन्छ।

प्रकाशको कमाइ सोचेजस्तो छ। मासिक १ लाखदेखि २ लाखसम्म कमाइ गर्छन् उनी।

एउटै झ्यालबाट लाखौँ आम्दानी
काष्ठकलाको काम भने उत्तिकै झन्झटिलो हुने पनि उनको बुझाइ छ। एउटै सामान तयार हुन महिनौं लागेको पनि उनको अनुभव छ।

'एउटा कलात्मक झ्याल बनाउन २/३ महिनाभन्दा बढी पनि लाग्नसक्छ। त्यसमाथि झ्यालको डिजाइन हेरेर हुन्छ कति समय लाग्छ भन्ने कुरा,’ प्रकाश सुनाउँछन्।

साधारण झ्याल तयार हुनभन्दा कलात्मक झ्यालले बढी समय लिन्छ। झ्यालको मूल्य पनि झ्याल बनाउन लाग्ने मेहनत र काठ हेरेर निर्धारण गर्छन् उनी। भन्छन्, ‘झ्यालको मूल्य २ लाखभन्दा माथि पनि हुन्छ। यो सब काठ, रंगरोगन र मेहनत हेरेर हुन्छ।’

विश्वबजारसम्म प्रकाशको कलाको माग
प्रकाशको कला स्वदेशमा मात्र होइन विदेशमा पनि पुगेको छ। उनले बनाएका काष्ठकलाका सामग्रीहरुको विदेशी बजारमा समेत माग हुने गरेकोले विश्वका विभिन्न स्थानमा पठाउने गरेका छन्।

कतिपय अवस्थामा पर्यटकहरु नै पसलसम्म आएर काष्ठकलाका विभिन्न सामान लाने गरेको प्रकाश सुनाउँछन्। फ्रेमहरु, कलात्मक मूर्ति लगायत सजावटका विभिन्न सामग्रीहरुको माग विश्व बजारसम्म छ।

‘फ्रेम र झ्यालहरुको माग विशेष गरेर जर्मनीमा छ,’ प्रकाश भन्छन्, 'त्यस्तै अमेरिका, भारत, क्यानडा, जापानलगायत मुलुकहरुबाट आउने पर्यटकहरु पनि पसलसम्म आउँछन्, कलाको प्रशंसा गर्छन् र किनेर लैजान्छन्।'

‘कला भए काम र कमाइको दु:ख हुँदैन’
नेपाली युवाहरु मासिक ३० हजारभन्दा कम कमाइ गर्न खाडी पुग्ने गर्छन्। आफूसँग दक्षता र सिप नहुँदा विदेश जाने धेरै युवाहरु समस्यामा पर्ने गरेका छन्। तर, प्रकाश भने सिप हुने र सिप सिक्न जाँगर हुनेलाई ३० हजार कमाउनका लागि विदेश जानु नपर्ने दाबी गर्छन्।

‘आफ्नो सिपको काम गर्नेलाई नेपालमै अमेरिका छ,’ प्रकाशको अनुहारमा सन्तुष्टिको भाव झल्किन्छ।

प्रकाशले परदेश जाने सोच कहिल्यै नआएको बताए। यसका लागि कतैबाट दबाब आएको समेत उनलाई थाहा छैन। ‘आफ्नो काम गर्वका साथ गर्न सक्ने मानिसहरुलाई कामको कुनै दुःख छैन नेपालमा,’ प्रकाश थप्छन्।

कामको खोजीमा भौंतारिरहेका युवाहरुले सिप सिके कुनै पनि दुःख नहुने उनको अनुभव छ।

आफूसँग सिप भए सिप अनुसारको मेहनत गर्नलाई परदेश नै पुग्नुपर्दैन। काम र कमाईको प्रलोभनमा वैदेशिक रोजगारीमा जाने सपना बुनिरहेका युवाहरुलाई काष्ठकलाको तालिम लिएर स्वदेशमै काम गर्न सुझाउँछन् प्रकाश।

उनी भन्छन्, ‘काष्ठकलाको माग अहिले धेरै छ, काम गर्ने मान्छे भने जति नहुँदा बजारमा माग अनुसारको आपूर्ति भइरहेको छैन।’

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्