• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ईर्ष्यालाग्दो हुनुपर्छ कविता : विक्रम सुब्बा

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  १४:५३
1140x725

संसारका सबै सभ्यतामा अनेक किसिमका खाना–परिकारमा नहाली हुँदै नहुने तत्व ‘नुन’ जस्तो हो कविता। नुनविनाको कवाफ, नुनविनाको तरकारी, नुनविनाको अचार कस्तो झुर खल्लो हुन्छ! ठिक त्यस्तै कवितात्मक हरफ नभएको निबन्ध कस्तो नीरस होला? देवकोटाको कुनै निबन्धको कवितात्मक हरफ हटाए कति झुरलाग्दो हो? कुनै नाटकका पात्रले कवितात्मक शैलीमा संवाद हान्दा कस्तो गज्जबले दर्शकलाई जुरुक्कै उठाउँछ। उपन्यास र कथाका पात्रले कवितात्मक किसिमले भावना पोख्दा पाठकको मनमा दमदार छाप लाग्छ।

आत्म कथामा पनि ठाउँठाउँमा कवितात्मक किसिमले विषयलाई प्रस्तुत गरेको पढ्न पाउँदा पाठकलाई गज्जब लाग्छ। कवितात्मक अभिव्यक्तिसहित रचिएका र गाइएका गीत (जस्तै: नारायणगोपालले गाएका अधिकांश गीत) बाट कवितात्मक पक्ष हटाए कस्तो भ्वाङ पर्ला? वक्ताले आफ्नो भाषणमा कविताका दुई–चार हरफसमेत राख्दा श्रोताको ताली नै पाउँछ। अचेल त कवितात्मक संवाद लेख्ने विशेष मानिस समेत राखेर सिनेमामा ‘डाइलग’ लेखाएको सुनिन्छ। कतिपय लेखकले आफ्नो पुस्तकको ड्राफ्ट सकेपछि सम्पादन गर्न भाषा र शैली राम्रो (कवितात्मक) भएको ‘घोस्ट राइटर’ खोजेर महँगो शुल्क तिरेर काम लगाएको सुनिन्छ। यसरी साहित्यका धेरै विधालाई चम्काउन समेत नभई नहुने ‘तत्व’ पनि हो कविता।

जीवनका तमाम कामको प्राथमिकता तोक्ने र सोहीअनुसार स्रोतको बाँडफाँट गर्ने गरिन्छ। स्रोत बाँडफाँट भन्नाले समय, चिन्तन–मनन र आर्थिक स्रोत समेतको लगानी हो। जसले कवितालाई पहिलो प्राथमिकतामा राखेर धेरै लगानी गर्छ, उसले नै राम्रो कविता दिन्छ। कुरा तितो छ तर सत्य छ। जसरी ध्यान गर्नेले आँखा बन्द गरेर बसे पनि शरीरका हरेक तन्तु के कसरी चलिरहेछन्, श्वासप्रश्वास कसरी चलिरहेछ, बाहिर संसारमा के भइरहेछ भन्ने सबै कुरा थाहा पाइरहेको हुन्छ, त्यसरी नै प्रतिबद्ध कविले पनि अरूसरह नर्मल गतिविधिमा संलग्न हुँदाहुँदै सजग र सचेत छैटौं ज्ञानेन्द्रले कविता खोजिरहनुपर्छ। कविताका निम्ति तपस्या गर्नु भनेको यही हो। सिर्जनशील तनावमा कहिले घनीभूत, कहिले सहज किसिमले कविले आफूलाई होम्नुपर्छ भनेको पनि यही हो।

कति कविले ‘यो आजै बिहान लेखेको’ भनेर कविता वाचन गर्छन्। आजै लेखेर आजै सुनाउने हतारो सभ्य व्यवहार होइन। यो कविताप्रतिको अनादर पनि हो। सभ्य मानव समाजमा त नौ महिनाको विशेष प्रक्रियापछि जन्मेको बच्चाको पनि रगत,  र्याल, सिँगान, फोहोरहरू धोई–पखाली गरेर, केही सुहाउँदिलो वस्त्रले केही अङ्ग छोपेर, केही अङ्ग खुला राखेर मात्र सार्वजनिक उत्सवसहित बच्चाको मुख देखाउने, हेर्ने काम गरिन्छ। अपवादबाहेक कवितालाई पनि जन्मिसकेपछि केही पालिस गरेर, सजाएर समाजको सामु देखाउनु सभ्य संस्कार हो भनिठान्छु।

लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता सानदार, बिछट्टै गज्जबको कविता लेखेँ भनेर दङ्ग लाग्छ। लाग्नु पनि पर्छ। यही दङ्गदास पार्ने बिन्दासेपन नै कविता र कविको नातालाई निरन्तर बलियो बनाउने भिटामिन ऊर्जा हो। तथापि, यो बेहोसी उमङ्गको क्षण हो। भर्खर बच्चा जन्मेका बेला आमाले बच्चा मात्र देख्छिन्। बच्चाको जिउभरिका फोहोर, साल, नाल, रगत लतपतिएको देख्दिनन्। उमङ्गको पहिलो जोडदार आँधी गुज्रेर गएपछि, आमाको मनस्थिति नर्मल अवस्थामा आएपछि आमाले बच्चाको जिउको फोहोर देख्न थाल्छिन्। त्यसैगरी कविले पनि लेखिसक्नेबित्तिकै कवितामा कुरा दोहोरिएको, विम्ब र प्रतीकहरूको तालमेल नमिलेको, मिथकको प्रयोग अति भएको, शब्द छनोट र वाक्य गठन नमिलेको आदि केही देख्दैन।

nimb
nimb
Ncell 2
Ncell 2

कवि पनि कविता लेखिसकेर ‘उमङ्ग’को मनोगत बाढी–आँधीबाट गुज्रँदै केही समयपछि नर्मल जीवनमा फर्कन्छ। एक–डेढ दिन, एक हप्ता वा एक महिना या अझ धेरै समय पनि लाग्न सक्छ। केही समयको अन्तरालपछि कविता फेरि निकालेर हेर्दा कवि अब एक पाठक, विश्लेषक र अविभावक पनि हुन्छ। ऊ आफ्ना सन्तानलाई हर किसिमले सही ठान्ने ‘धृतराष्ट्रिय तथा गान्धारी सिन्ड्रोमबाट मुक्त भएर बुद्धि विवेक लगाएर सोच्ने हुन्छ। भावनामा बहकिने मात्र नभएर तर्कसङ्गत सांसारिक हुन्छ।

कवितामा के ‘बढी’ भयो र के ‘कम’ भयो भनी सोच्न सकिन्छ र कवितामा शब्द छनोट, विम्ब विधान, प्रतीक चयन, मिथको प्रयोग, रूपक प्रयोग, वाक्य गठन, आदि मिले–नमिलेको केलाउनुपर्छ। नमिलेको मिलाउनुपर्छ। यसरी पालिस गरेर जब कविता आफूलाई ताजा–नौतुन लाग्छ, तब मन मिल्ने साथीहरूलाई सुनाएर सुझाव लिने र अझ फेरि खिप्ने–चिल्याउने, खाक्सी लगाउने काम गर्नुपर्छ। आफ्नो कविताका शब्द र हरफ काटेर फाल्नुजस्तो कठिन कविलाई केही हुँदैन। तर सुनलाई गहना बनाउन आगोमा हालेजस्तै कवितालाई खार्नका निम्ति निर्ममतापूर्वक क्रूर काम गर्नुपर्ने हुन्छ।

यतिबेला विचार गर्ने आधार– मेरो कविताले अहिलेसम्म कसैले नहेरेको कोणबाट जीवनलाई हेर्न सघाउ पुर्याउँछ? कसैसँग नमिल्ने शैलीगत भिन्नता मेरो कवितामा छ? आफ्नै पुराना कविताका कुरा पो दोहोरिए कि? भनी मिहीन जाँच गर्नुपर्छ। नयाँपन नभए च्यातेर फालिदिने हिम्मत पनि गर्नुपर्ने हुन सक्छ। नयाँ र तरोताजा किसिमको भए मात्र कविता ‘ठिक’ बन्यो भन्नुपर्छ। त्यसपछि बल्ल गोष्ठीमा सुनाउने वा प्रकाशन गर्न सकिन्छ।

हरेक ‘साथी’भित्र एक सशक्त ‘प्रतिस्पर्धी’ पनि बसेको हुन्छ। आफ्नै कवि साथी कविताको अखडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो। तर दुश्मन होइन। व्यावसायिक ईर्ष्या कविका बीच पनि हुन्छ। हुनु पनि पर्छ। एक कविले अर्को कविको ईर्ष्या गर्यो भने अब्बल कविता सिर्जना भएको बलियो सूचक हो। राम्रो कविताले अरूलाई पनि अझ राम्रो कविता लेख्ने ईर्ष्यालु ऊर्जा दिन्छ। अर्को कविलाई समेत राम्रो कविता सिर्जना गर्नैपर्ने बाध्यकारी मानक–उदाहरण खडा गरिदिन्छ र त्यो मानकभन्दा कमसल कविता नलेख्ने वातावरण बन्छ। हरेक कविताले बजारमा प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ।

बजार असाध्यै क्रूर हुन्छ। कुनै अमुक कविको कवितालाई विशेष प्रतिशत छुट दिएर बजारले हेर्दैन। जुन कविता खरो उत्रन्छ, त्यही चल्छ। खरो उत्रिनका लागि कविता नै ईर्ष्यालाग्दो हुनुपर्छ।

(सुब्बाको कवितासंग्रह 'रोज्जा कविता'को भूमिकाबाट सम्पादित अंश। संग्रह शनिबार सार्वजनिक हुँदैछ।)

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्