फाइल तस्बिर
काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा.सीके राउत रेशम चौधरी भेट्न अस्पताल पुगेका छन्।
दुई साता लामो युरोप भ्रमण सकेर नेपाल फर्किएका राउत विमानस्थलबाट सबैभन्दा पहिले नै वीर अस्पताल पुगेका हुन्।
जेलमा रहेका चौधरीको स्वास्थ्यमा समस्या भएपछि वीरमा भर्ना गरिएको छ।
उनको स्वास्थ्य अवस्थाबारे राउतले जानकारी लिए।
उनले चौधरीलाई रिहाइका लागि पहल गर्ने समेत बताएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।