काठमाडौं- नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र विज्ञापनरहित विदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारको योजनलाई हास्यव्यङ्ग्य वृत्तको चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वागत गरेका छन्।
टेलिभिजन च्यानलका सेवा प्रदायक संस्थाहरुले सोमबारदेखि २४ घण्टा सेवा रोकेर विरोध जनाएपछि कलाकार मदनकृष्ण र हरिवंशले ‘यस्तो विरोधले नेपालीलाई केही असर नगर्ने’ प्रतिक्रिया समेत दिएका छन्।
मदनकृष्ण र हरिवंश दुबैले नमस्कार गरेको मुद्रामा जोडीको तस्बिर सोमबार साँझ आफ्नो फेसबुकमा राख्दै भनेका छन्, ‘नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ।’

सरकारले अघि सारेको यो योजनाकोे विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णयले नेपाली दर्शकलाई के असर गर्ला भन्ने प्रश्न राख्दै उनीहरुले यसबारे पटक पटक सोच्न सरोकारवालाई आग्रह समेत गरेका छन्। तर सरकारको निर्णयलाई आफूहरुको पूर्णत समर्थन रहेको भनाइ उनीहरुको छ। फेसबुक स्टाटसमा भनिएको छ, ‘नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ। समर्थन छ। जय नेपाली बिज्ञापन। जय नेपाली कलाकार। जय नेपाली प्राबिधिक।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।