जनकपुर- नगरपरिषदको पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार उपमेयर सिता देवी यादवले गाडीका विषयमा असन्तुष्ट जनाउदै कार्यालयमा तालाबन्दी गरेकी हुन्।
आफूले चढने गाडी मेयर अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगर योजना तर्जुमा कार्यक्रम अघि बढ्न नसकेको उनको भनाइ छ।
मेयर मण्डलले केही वडाअध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर सितादेवी साहले बताईन्।
कार्यालयका कर्मचारी अटरीपन गरेको नगरप्रमुखले छलफल गर्न नमान्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर साहको भनाई छ।
न्याय नपाएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने उपमेयरले यादवले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।