तस्बिरः नरबहादुर कार्कीको फेसबुक पेज
काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अन्तरास्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रिय सदस्य नरबहादुर कार्की पक्राउ परेका छन्।
उनलाई सोमबार बालुवाटारस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
विप्लव नेतृत्वले आह्वान गरेको असार १० गतेको पूर्वसन्ध्यामा कार्कीलाई पक्राउ गरिएको हो। पक्राउ परेका कार्कीबाट कुनै पनि संकास्पद वस्तु फेला नपरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्।
कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकार र नेपाल प्रहरीलक्षित गरी कार्कीले पछिल्लो सयम कडा अभिव्यक्तिसहितका स्टाटस सामाजिक सञ्जालमा राख्ने गरेका थिए।
कार्की नायिका रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्मातासमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।