• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाले सम्झेको कार्यभार : कूटनीतिक मर्यादा बढाउनेदेखि विदेशी सुरक्षा निकायमा भर्ति विस्थापनसम्म

64x64
नेपाल लाइभ सोमबार, असार ९, २०७६  २०:४५
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालको ‘कूटनीतिक मर्यादा बढाउने’ कामलाई आफ्नो आगामी कार्यभारमा राखेको छ। 

पररराष्ट्र मामिलामा नेकपाले विशेषगरी आफ्ना ३ वटा प्राथमिकता निर्धारण गरेको छ। 

पहिलो, राष्ट्रिय हितको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र सम्बन्ध अघि बढाउने नेकपाको प्राथमिकता छ। 

त्यस्तै असमान सन्धिसम्झौताको पुनरवलोकन गर्दै पारस्परिक लाभ, सम्मान, समानता र राष्ट्रिय हितअनुरुप नयाँ सन्धिसम्झौता गर्नुलाई नेकपाले दोस्रो प्राथमिकता बनाएको छ। 

तेस्रो प्राथमिकतामा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै नेपालको कूटनीतिक मर्यादा बढाउनु नेकपाले आफ्नो प्राथमिकतामा राखेको छ। 

असंलग्नता र पञ्चशीलमा आधारित कूटनीति र असमान सन्धिको खारेजी/पुनारवलोकन नेपाली विदेश नीतिका स्थापित मान्यता भएकाले नेकपाले कूटनीतिक मर्यादालाई बढाउने विषय विशेष महत्वका साथ राखेको छ। 

‘स्थापित अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा अनुरुप अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील हुँदै यस्तै मर्यादा देशभित्र अन्य देशका नियोगहरू तथा नेपाल भ्रमणमा आउने विदेशी नेता र प्रतिनिधिमण्डहरूसँगको भेटघाट र सम्बन्धका सन्दर्भमा स्थापित गर्नुपर्छ,’ नेकपाले ३ जेठ २०७५ मा निर्वाचन आयोगमा बुझाएको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘राज्यका विभिन्न निकायसँग सम्बद्ध व्यक्तिहरूले त्यस्तै मर्यादाअनुरुप व्यवहार गर्नुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्दछ।’

विदेशी सुरक्षा निकायमा भर्ति विस्थापन
नेकपाले आफ्नो राजनीतिक कार्यभारमा राष्ट्रिय सुरक्षाको सुदृढीकरणलाई पनि राखेको छ। नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील रहेको भन्दै नेकपाले दुई विशाल छिमेकीको बीचमा रहनुले अवसर र चुनौती दुवै थपेको विश्लेषण गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चीन र भारतको विशाल बजारको उपयोगबाट  लाभ लिनसक्ने अवसर एकातिर भएको र अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता रहेको नेकपा विश्लेषण छ। 

३९ पृष्ठ लामो नेकपाको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘विश्व शक्तिको रूपमा विकसित दुई विशाल छिमेकीको बीचमा रहेको नेपालले एकातर्फ ती देशहरूको विशाल बजारको उपयोग, विकास र प्रगतिबाट लाभ लिनसक्ने अवसर रहेको छ भने अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता छ।’

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्दै आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउनु पर्ने आवश्यकता ठानेको नेकपाले विदेशी सुरक्षा निकायमा नेपालीको भर्ति विस्थापनको नीति लिएको छ। 

‘रोजगारीको लागि विदेशी सुरक्षा निकायमा भर्ति हुने व्यवस्थालाई विस्थापन गर्नेतर्फ ध्यान दिइनु पर्छ,’ नेकपा प्रतिवेदनमा भनिएको छ, ‘नेपालको समग्र सुरक्षामा कुप्रभाव पार्नसक्ने कुनै पनि विषय र कार्यलाई छुट दिइनु हुन्न । यसका लागि आवश्यक कानुन निर्माण गर्नुपर्छ। राजनीतिक जीवनका सबै क्षेत्र, राज्य सञ्चालन र शैक्षिक क्षेत्रमा दशभक्ति तथा समाजप्रतिको कर्तब्यबोध गराइनु पर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्व विश्लेषण : निगम पुँजीवाद तेस्रो विश्वलाई चुनौती
रुसी अक्टोबर क्रान्तिपश्चात् साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयामहरूमा महत्वपूर्ण परिवर्तनहरू देखापरेको विश्लेषण नेकपाको छ। 

श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादबीच, साम्राज्यवाद-साम्राज्यवादबीच र विश्व साम्राज्यवाद तथा उत्पीडित राष्ट्रबीचका आधारभूत अन्तर्विरोध अहिले पनि कायमै रहेको निष्कर्ष निकालेको नेकपाले विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध प्रखर र प्रमुख रुपमा अभिव्यक्त भइरहेको दाबी गरेको छ।

एकाधिकार पुँजीवादले २१औं शताब्दीको सुरुवातसम्म आइपुग्दा विश्वका अधिकांश मुलुकहरूलाई बजारका रुपमा परिणत गर्दै त्यसलाई एउटा विश्व प्रणालीको स्वरुप दिएको नेकपाको ठम्याइ छ। 

पुँजीवादी घरानाका हातमा पुँजीको अत्याधिक संकेन्द्रण भएको र यसले व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय दिएको निचोड निकाल्दै प्रतिवदेनमा भनिएको छ, ‘एकाधिकार पुँजीवाद आज भूमण्डलीकृत वित्तीय पुँजीवादको स्वरुपमा रहेको छ। मुठ्ठीभर पुँजीवादी घरानाहरूका हातमा पुँजीको अत्याधिक संकेन्द्रण, वित्तिय एकाधिकार पुँजीमार्फत् नव आपनिवेशिक शोषण, विश्व वित्तीय संस्थाहरू र बहुराष्ट्रिय निगमहरू मार्फत् विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयाश, नवउदारवादी विचारधारामार्फत् व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवं विश्वलाई पुँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रुपमा रहेका छन्।’ 

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत् विश्वव्यापी रुपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चस्व कायम गर्ने प्रयास भइरहेको पनि नेकपाको मत छ। ‘औद्योगिक तयारी वस्तुहरूको निर्यातभन्दा पनि वित्तिय पुँजीको निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरूमार्फत् विश्वव्यापी वित्तिय एकाधिकार कायम गर्न प्रयाश भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ। 

‘आउट सोर्सिङ’ले श्रमजीवी वर्गलाई विभाजित बनाएको र प्रविधिको लाभबाट बहुसङ्ख्यक जनता बञ्चित रहेको भन्दै प्रतिवदेनमा भनिएको छ, ‘सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङमार्फत श्रमजीवी वर्गलाई विभाजित, असुरक्षित र पराश्रित बनाइएको छ। विज्ञान र प्रविधिमार्फत् विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसङ्ख्यक जनता बञ्चित छन्।’

वित्तीय एकाधिकार पुँजीवादको सबैभन्दा बढी असर तेस्रो विश्वका मुलुकहरूमाथि परेको विश्लेषण नेकपाको छ। ‘स्वदेशी कृषि र औद्योगिक उत्पादन विस्थापित भएर ती मुलुकहरू शक्तिशाली वहुराष्ट्रिय निगमका बजार जस्तो बन्न पुगेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वस्तु आयात गरेर निर्वाह गर्नुपर्ने स्थितिले तेस्रो विश्वका मुलुकहरूमा अत्यधिक परनिर्भरताको स्थिति सिर्जना गरिदिएको छ।’

ती मुलुकहरू श्रमशक्ति निर्यात गरेर त्यसबाट प्राप्त विप्रेषण रकम (रेमिट्यान्स)को भरमा जीवन निर्वाह गर्नुपर्ने उपभोक्तावादी समाजमा परिणत हुँदै गएको पनि नेकपाको ठम्याइ छ। 

तेस्रो विश्वका मुलुकहरूको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘जनतालाई प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरू सिर्जना गराउने, आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकहरूको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्रहरू भइरहेका छन्।’

त्यस्तै शक्ति राष्ट्रहरू आणविक अस्त्रमाथि नियन्त्रण कायम गर्दै हतियार व्यापारको निम्ति विश्वव्यापी प्रभुत्व कायम गरिरहेको नेकपाको विश्लेषण छ।  

‘इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरियालगायतका अधिकांश खाडी मुलुकहरूमा युद्ध थोपरिएको छ,’ नेकपाको प्रतिवदेनमा भनिएको छ, ‘युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र ग्याँसलगायतका प्राकृतिक स्रोतहरूको दोहन गर्नुमा केन्द्रित छ।’

कोरियाली प्रायःद्वीपमा बढ्दो तनाव, आतङ्कवाद र विभिन्न रुपमा प्रकट हुँदै गरेका जातीय एवं धार्मिक अतिवाद विश्व शान्ति, सामाजिक सद्भाव र सांस्कृतिक एकताका लागि चुनौती बन्दै गएको नेकपा विश्लेषण छ। 

शक्तिराष्ट्रहरुबीच ‘व्यापार युद्ध’ हुन सक्ने आशङ्का समेत उब्जिएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकाले अरु मुलुकहरूबाट आयातित वस्तुहरूमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर ‘व्यापार युद्ध’ हुन सक्ने आशङ्का समेत गर्न थालिएको छ।’ 

विश्व वित्तीय पुँजीवाद गंभीर सङ्कट र मन्दीबाट गुज्रिरहेको बेला चीन लगायतका मुलुकहरूले भने अर्थतन्त्रको क्षेत्रमा गुणात्मक फड्को मारेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीनले हासिल गरेको उपलब्धि प्रेरणादायी भएको भन्दै प्रतिवेदनमा गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बारे भनिएको छ, ‘चीनले हासिल गरेको चमत्कारिक उपलव्धि प्रेरणादायी छ। आर्थिक विकास, यातायात लगायत आवागमन सम्पर्क (कनेक्टिभिटी) र विभिन्न मुलुक र सभ्यताका बीचमा सम्बन्ध जोड्ने उद्देश्यका साथ चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ लाई विश्वका ७० भन्दा बढी मुलुकहरूले समर्थन गरेका छन् र विकासका नयाँ अवधारणाहरू विकास गर्दैछन्।’ 

एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको नेकपाको विश्लेषण छ। ‘एसिया क्रमशः आर्थिक विकासको केन्द्र बन्दै गएको छ र भूमण्डलीकृत पुँजीवादको ध्यान पनि त्यतै केन्द्रित हुँदैछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी नेतृत्वको एक ध्रुवीय शक्तिलाई चुनौती दिँदै विश्व बहुध्रवीय दिशातर्फ अग्रसर भइरहेको छ। यससँगै नयाँनयाँ अवसर र चुनौतीहरू पनि सिर्जना भएका छन्।’

अन्तर्राष्ट्रिय परिदृष्यका अतिरिक्त  भूराजनीतिमा विकसित भइरहेका घटनाक्रमलाई पनि नजिकबाट नियाल्नुपर्ने मत नेकपाको छ। 

‘अन्तर्राष्ट्रिय परिदृष्यहरूका अतिरिक्त हामीले हाम्रो भूराजनीतिक सन्दर्भमा विकसित भइरहेका घटनाक्रमहरूलाई पनि नजिकबाट नियाल्नु पर्दछ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘अमेरिकासँग भारतको बढ्दो सैन्य साझेदारी, अमेरिका, भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाबीचको सैन्य गठबन्धन, दक्षिण चीन सागर र मलक्का जलडमरु लगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयाश, कोरियाली प्रायद्विपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिलगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नु पर्दछ।’ 

यसले नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनु पर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ।

‘युद्ध, आणविक अस्त्र र हातहतियारको होडबाजीको विरोध गर्दै उत्पीडित राष्ट्रहरूको स्वाधीनताको रक्षा एवं शान्ति, समृद्धि र आर्थिक विकासको निम्ति निरन्तर प्रयत्न जारी राख्नु पर्दछ,’ प्रतिवदेनमा भनिएको छ। 

राष्ट्रिय स्वाधीनता सहितको समाजवाद अहिलेको संकटको समाधान रहेको नेकपाको निचोड छ। भनिएको छ, ‘वित्तीय भूमण्डलीकृत साम्राज्यवादले जुन संकट उत्पन्न गराइराखेको छ, त्यसबाट मुक्तिको लागि एक मात्र विकल्प भनेको राष्ट्रिय स्वाधीनता सहितको समाजवाद नै हो। वर्तमान संकटले समाजवादको आवश्यकता र औचित्यतालाई झनै पुनर्पुष्टि गर्दै लगेको छ।’

प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने पार्टीले जारी गरेको निमन्त्रणाअनुसार कार्यक्रम दिउँसो २:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसं... शनिबार, कात्तिक ७, २०८३
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्