काठमाडौं - अर्घाखाँची सिमेन्टले दुई महिनायता लागू गरिरहेको धन वर्षा योजनाको समय थप गरेको छ। कम्पनीले केही समयका लागि यो योजनाको समय थप गरेको जनाएको छ।
यो योजनामा ग्राहकको उत्साहजनक सहभागीता रहेको र स्योर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयका लागि निरन्तरता दिइएको कम्पनीले प्रेस विज्ञप्तीमा उल्लेख छ।
‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौँ उपहार’ नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचांै वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो।
कम्पनीले यस योजनाअन्तर्गत समयावधिबाहेक अन्य शर्तहरु केही पनि परिवर्तन नभएको पनि जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् जसबाट उपभोक्ताले एकसय रुपैयाँदेखि १ लाखसम्मको स्योर सट नगद पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।