काठमाडौं– संसारका खतरनाक एयरलाइन्सहरुमा नेपालको दुईवटा एयरलाइन्स परेका छन्। जसमा नेपालको दुर्गगम क्षेत्रमा उडान गर्दै आएको तार एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्स रहेका छन्।
विश्वको चर्चित म्याग्जिन फोर्ब्सले गरेको अध्ययनमा सन् २०१९को खतरनाक एयरलाइन्समा स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानीमा रहेको तार एयर नम्बर १ मा परेको हाे।
यसैगरी सरकारी स्वामित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स पनि खतरनाक एयरलाइन्सको सूचीमा रहेको छ। फोब्र्सले ७ वटा ताराको मापन मान्दै गरेको अध्ययनमा तारा एयर खतरनाक एयरलाइन्सको सूचीमा परेको हो। तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै पाउँदै विश्वकाे नम्बर १ खतरनाक एयरलाइन्समा परेको फोब्र्सको अध्ययनले देखाएको छ।
यसैगरी दोस्रोमा नेपाल एयरलाइन्स रहेको छ भने तेस्रोमा एरियान अफगान एयरलाइन्स परेको छ। साथै चोथौमा ब्लुइङ एयरलाइन्स, पाँचौंमा काम एयर, छैठौमा ट्रिगान एयर र सातौंमा एससिएटी रहेको फोब्र्सको अध्ययनमा उल्लखे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।