• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
भारतीय स्वतन्त्रता आन्दोलनको सूत्रधार दाण्डी मार्च र गान्धी
सञ्जय पन्थी सोमबार, वैशाख २४, २०८१  ०५:५७
1140x725

कुनै बेला राणा शासनबाट देश निकाला परेका नेपालका तुलसीमेहर श्रेष्ठ गुजरातको अहमदबादस्थित साबरमती नदीको तटमा अवस्थित साबरमती आश्रम पुगेर गान्धीसँग बसेका थिए। सन् १९२१ देखि १९२५ सम्म श्रेष्ठ त्यहाँ बसेका थिए। श्रेष्ठ गान्धीका विश्वास पात्र एवं प्रथम नेपाली अनुयायी बने।

समाजिक सेवा र संस्था सञ्चालन गर्ने व्यक्तिको रुपमा श्रेष्ठको नाम अग्र स्थानमा छ।  साबरमती  आश्रमबाट गान्धीले सन् १९३० को दाण्डी मार्च सम्पन्न गरे। उक्त मार्च स्वतन्त्रता आन्दोलनको सूत्रधार थियो भन्न सकिन्छ।

११ मार्च, १९३० मा, गान्धीजी र उनका ७९ सहयोगीहरूले ६ अप्रिल, १९३० सम्म समुद्री तट दाण्डीसम्म २४० माइल लामो पदयात्रा समपन्न गरे। उक्त मार्चमा दुई नेपाली महावीर गिरि र खड्गबहादुर विष्ट सहभागी थिए। विष्टलाई अनुयायीका विरोधका बाबजुद गान्धीले बहादुर नेपाली भन्दै अन्तिम समयमा सहभागी गराएका थिए। 

आज त्यही दिन ६ अप्रिल हो, गान्धीको उक्त मार्चलाई त्यसबखत ठूलो जनसमर्थन मिल्यो र सम्पूर्ण राष्ट्र उनीहरूको साथमा उभियो। यो सत्याग्रहमा स्वराजको नाम उल्लेख गरिएको थियो। ‘यो नै सम्पूर्ण विश्वबाट भारतका सन्तानले गरेको अधिकारको लडाइँमा समर्थनको कामना गर्दछ’ गान्धी ५ अप्रिल १९३०। तर आज त्यही भारतमा गान्धीको मूल्य मान्यता र योगदानको अनादर हुँदै आएको छ।

धार्मिक सहिष्णुताका पक्षपाती गान्धीको देश भारतमा भड्काव र हिंसालाई प्रोत्साहन गर्दै राजनीतिमा भोटको व्यापार चलाइएको छ। यद्यपि, भारतमा अहिले लोकसभा चुनाव भैरहेको छ। उक्त चुनावको समीक्षा जुन ४ मा नतिजा आएपछि पक्कै गरौंला। 

महात्मा गान्धीको चेतनाको अध्ययन गर्दा जीवनको पूवार्द्धमा ‘ईश्वर नै सत्य हो’ भनेका छन्। जीवनको उत्तारार्द्धमा आइपुग्दा उनले ‘सत्य नै ईश्वर हो’ भनेर स्वीकारेका छन्। उनी भित्रको संवेदनशिलता, संर्घष र त्याग बुझ्न नचाहनेहरुका लागि गान्धी धर्मभिरु, सामन्ती र परम्परावादी हठी नै हुन्। उनको जीवनमा शाश्वत सत्यको साधना पाइन्छ। 

उनले कहिल्यै हिंसाको सहारा लिएनन्। अरब सागरको तटीय भारतीय भूमि (पोरवन्दर) मा सन् १८६९ मा जन्मिएका मोहनदास कलान्तरमा महात्मा बने। उनी सत्य, प्रेम र करुणाका प्रतिमूर्ति बने। दया, क्षमा र सहनशीलता उनको स्वभाव बन्यो। उनी साच्चै अहिंसाका पूजारी बने। मार्क्सवादका बारेमा उनले भनेका छन्, ‘हिंसा वर्जित गरियो भने उक्त दर्शन मान्न मलाई कुनै आपत्ति छैन्।’

उनको जीवनमा धेरैको प्रभाव पाइन्छ। ती मध्ये एक हुन रुसी साहित्यकार टल्स टाय। आश्रमको जीवनशैली उनकै जीवनबाट अनुकरण गरेको पाइन्छ। डायरी लेखन पनि उनकै प्रभाव थियो भन्न सक्ने आधार छन्। गान्धीका स्वकीय सचिव महादेवभाई देसाइले सन् १९१७ देखि १९४२ (देहान्त अघि) रहँदासम्म  दैनिकी लेखे। त्यही दैनिकी विभिन्न भाषामा गान्धीको डायरीका रुपमा प्रकाशित छ। 

Ncell 2
Ncell 2

गान्धी समयको प्रवाहसँगै चल्न सक्ने गतिशील व्यक्ति थिए। कुनै समस्याको समाधानका लागि उनले कानुनी मात्र नभएर व्यावहारिक तरिका अपनाउँथे। उनको जीवन शैलीमा ‘सादा जीवन र उच्च विचार’ को सन्देश प्रवाह भैरह्यो। उनको योगदानबाट भारतवासी मात्र नभएर विश्वजगत अनुग्रहित छ। उनले चलाएको अहिंसात्मक आन्दोलनबाट भारत स्वतन्त्र भयो। पाकिस्तान फरक पहिचानमा जन्मियो। नेपाल वर्षौँदेखिको जहाँनिया राणा शासनबाट मुक्त हुनपुग्यो। 

दक्षिण एशियाका अन्य देश पनि उपनिवेशबाट मुक्त भए। दक्षिण एशिया मात्र नभएर अफ्रिकामा रंगभेद विरुद्धको आन्दोलन सफल हुनुको श्रेय उनैलाई जाने गरेको छ। उनका अनुयायी बनेर दक्षिण अफ्रिका नेल्सन मण्डेला उदाए। मण्डेलाको नेतृत्वमा सन् १९९० द.अफ्रिका स्वतन्त्र हुन पुग्यो। उक्त आन्दोलनको सफलताले अन्या र विभेद विरुद्ध गान्धी अझै जीवित छ, भन्ने सन्देश विश्वजगतलाई प्रवाह हुन पुग्यो।

मण्डेलाको शताब्दी वर्ष समारोहमा सन् २०१८ मा प्रमुख अतिथि भएर पुगेका अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘मण्डेला गान्धीबाट प्रभावित रहनुभयो। मैले जीवनकालमा मण्डेलालाई भेट्न पाइनँ तर मउहाँबाट अत्यन्तै प्रभावित छु, त्यसैले यो कार्यक्रममा सहभागी हुन (द.अफ्रिका) आएको छु।’ प्रसंगले गान्धीको स्मरण गरिरहँदा उनका आर्दशबाट विश्वका महापुरुष कसरी प्रभावित रहे? भन्ने प्रसंग पनि नियाल्नु उचित हुनेछ। 

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले गान्धीका बारेमा भनेका छन्, ‘नयाँ पुस्तालाई हाड र छाला बेरिएको यस्तो मानिस पनि पृथ्वीमा थियो भन्दा विश्वास नलाग्न सक्छ।’ 

shivam cement

shivam cement

आइन्साटाइनको भनाइबाट बुझ्न कर लाग्छ, गान्धी सामान्य मानिस भन्दा फरक प्रतिभाका थिए। 

अमेरिका जस्तो मानव अधिकार प्रतिवद्ध देश पनि गान्धीले देखाएको अहिंसाको मार्गबाट प्रेरित पाइन्छ। रंगभेद  विरुद्धसन् १९६० को दशकको अहिंसात्मक चलेको थियो। अन्ततः सफल पनि भयो। उक्त आन्दोलनको नेतृत्व मार्टिन लुथर किंग जुनियर (तृतीय)ले गरेका थिए। 

गान्धी आधुनिक विश्वमा मुक्तिमार्गका अभिन्यतता मात्र नभएर पथ प्रदर्शक रहे भन्दा अतिशयोक्ति नहोला। उनको जीवनी अध्ययन गर्दा काम, क्रोध, लोभ र मोहबाट मुक्त भएको पाइन्छ। त्याग र समर्पणले जीवनलाई सार्थक तुल्याउने महापुरुष भन्न सकिन्छ। 
आधारभूत शिक्षा भारतमा अध्ययन गरेका गान्धी युवा अवस्थामा उच्च शिक्षाका लागि बेलायत पुगे। ३ वर्ष बेलायतमा उच्चशिक्षा अध्ययन पश्चात व्यारिष्टरको उपाधि सहित उनी भारत फर्किए। त्यस पश्चात् वकालत गर्न एक मुस्लिम व्यापारीसँगै उनी सन् १९९३ मा १ वर्षका लागि दक्षिण अफ्रिका गए। तर अफ्रिकामा उनले २१ वर्ष बिताए। जीवनको मार्मिक संर्घष गाथा त्यहीँबाट सुरु हुन पुग्यो।

सन् १९१५ मा उनी भारत फर्किएका थिए। भारत फर्किए पश्चात् गुजरातको अहमदाबादमा कोचरव (सत्याग्रह) आश्रम स्थापना गरे। त्यसको दुई वर्ष पश्चात् सन् १९१७ मा साबरमती नदी किनारमा दोस्रो आश्रम बनाए। उनलाई भारत आउन आमन्त्रण गर्ने व्यक्ति गोपालकृष्ण गोखले थिए। जसलाई गान्धी आफ्नो राजनीतिक गुरु मान्थे। गान्धीले स्वतन्त्रताको आन्दोलन चलाई रहँदा उनको जीवनमा वियोग र वेदनाको समेत सामाना गर्नुपर्‍यो।

राजनीतिक गुरु गोखले 
गान्धी भारत फर्किए लगत्तै (१९फरवरी, सन् १९१५) गोखलेको निधन भयो। गोखलेलाई भारतमा अरुले पनि राजनीतिक गुरु मानेका छन्। ती मध्ये एक हुन् सुभासचन्द्र बोस। गान्धी अहिंसावादी थिए भने बोस हिंसाका पक्षपाती। दुवैमा जसरी भए पनि भारतलाई ब्रिटिस शासनबाट मुक्त गराउनु पर्छ भन्ने उत्कट चाह थियो। त्यसो त गान्धीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्ने पहिलो व्यक्ति पनि बोस नै थिए। 

गान्धीले सन् १९०९ मा लेखेको हिन्द स्वराजलाई गोखलेले रद्धीको टोकरीमा मिल्काउन लायक पुस्तक भनेर टिप्पणी गरेका थिए। तर उनै गोखले गान्धीलाई भारत फिर्ता आउन आग्रह गरे। गोखलेको आमन्त्रणमा भारत फर्किएका गान्धीलाई उनको सुझाव थियो। ‘एक वर्षसम्म कुनै समारोहमा सार्वजनिक नहुनु।’  हिँडेर पदयात्रा गर्न गोखलेको सुझाव थियो। 

मृत्यु पश्चात् पनि गान्धीले उनको सुझावलाई शिरोपर गरे। सन् १९१६ फेब्रुअरीमा काशी हिन्दु विश्वविद्यालयको उद्घाटन समारोहमा पहिलो पटक सार्वजनिक भए। उनले बिएचयुमा दिएको भाषण प्रसिद्ध छ। गान्धीले आफूभन्दा कनिष्ठलाई राजनीतिमा डोर्‍याए। जवाहरलाल नेहरु, राजेन्द्र प्रसाद, बल्लभभाइ पटेल। बेलायतमै अध्ययन गरेका नेहरु रसियन सोसलिस्ट आन्दोलनबाट प्रभावित थिए। तर गान्धीसँगको भेट र सामिप्यता पश्चात् गान्धीवादी बन्न पुगे। साथै आन्दोलनका हस्ती बने।

स्वतन्त्र भारतको पहिलो प्रम बन्ने अवसर नेहरुलाई प्राप्त भयो। १६ वर्ष प्रधानमन्त्री बनिरहे। पटेल स्वतन्त्र भारतको पहिलो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भए। दुवै गान्धीका अनुयायी मात्र नभएर भक्त रहे। तर स्वतन्त्रता प्राप्ति आन्दोलनको अन्तिम क्षणमा भारत-पाकिस्तान विभाजनको सहमति बखत सहमति जनाएर दुवैले गान्धीलाई बाइपास गरे। गान्धीका लागि विभाजन अस्वीकार्य रह्यो। 

वियोग र वेदना    
गान्धी भारत आगमनसँगै अग्रजहरुको एकपछि अर्को गर्दै निधन भयो। सन् १९१८ मा भारतमा स्पेनिस फ्लुको महामारी फैलिएको थियो। महामारीबाट गान्धीका जेठी बुहारी र एक नातिको निधन हुन पुगेका थियो। त्यस बखत उनी खेडा सत्याग्रहको तयारीमा थिए। तर पनि उनी आफ्नो लक्ष्यबाट विचलित भएनन्। शोकको श्रृंखलाले निरन्तरता पाइरह्यो। 

गान्धीसँगै दक्षिण अफ्रिकाबाट साथै आउने १२ जनामध्ये एक थिए मगनलाल गान्धी। सन् १९२२ मा काम कै शिलशिलामा विहारको पटना पुगेका बेला उनको मृत्यु भयो। 

दक्षिण अफ्रिकामा गान्धीको अहिंसात्मक प्रतिरोधात्मक आन्दोलनलाई पहिलो (सन् १९०६) पटक ‘सत्याग्रह’ नाम दिने उनै मगनलाल थिए। 

सन् १९१७ देखि सँगै रहेका स्वकीय सचिव एवं सहयोगी महादेवभाई देसाइसँगै धर्मपत्नी कस्तुरबालाई सन् १९४२ को भारत छोडो आन्दोलनको उद्घोष गर्ने क्रममा पक्राउ परेका बखत त्यसै पटकको जेल बसाइमा निधन भयो। देसाइको त्यस पटक जेल परेका बखत (सन् १९४२ अगस्त १५) मृत्यु भएको हो। उनको निधनले गान्धी अत्यन्त व्यथित हुन पुगेका थिए। जेल मै देसाइको सद्गती गरिनु उनका लागि अव्यक्त असीम पीडा थियो। पुनास्थित आँगा खाँ प्यालेस भित्रै देसाइलाई दागवत्ति दिँदै ‘महादेव आजसम्म तिमी मेरो छोरो समान थियौं तर आज म तिम्रो छोरो बनेर तिमिलाई दागवत्ती दिँदैछु,’ गान्धीली भनेका थिए।  

त्यो दृश्य आफैँमा तितिक्षायुक्त कारुणिक थियो। उक्त दृश्यको वर्णन सुशीला नैयरको ‘बापु की २१ मास की काराबासकी कहानी’ मा छ। त्यही पटकको जेल बसाइमा (सन् १९४४ फ्रेवुअरी १४ तारिख) गान्धीले धर्मपत्नी कस्तुरबालाई गुमाउनु पर्‍यो। आगा खाँ प्यालेस भित्रको कम्पाउण्ड भित्रै कनिष्ठ पुत्र देवदासले माताश्रीलाई दागवत्ती दिनु परेको थियो। 
गान्धीले त्यसबखत ‘बाल्यकालिन संगी तिमीले छाडी गयौं। जीवनमा सुख र सम्पन्नता दिन नसके पनि तिम्रो शाहदतलाई शक्तिमा रुपान्तरण गरेर देशवासीलाई स्वतन्त्रता दिलाउने छु’ भने। कस्तुर बाको निधनको केही महिनापछि करिब २ वर्षे जेल बसाइबाट (६ मई १९४४) गान्धी रिहा हुन पुगे।

जीवनमा पटक–पटक गरी गान्धी १२ पटक जेल परे। तर उनका लागि त्यस पटकको (सन् १९४२ ) जेल बसाई सबैभन्दा महँगो साबित हुन पुग्यो। 

आन्दोलनका हस्ती जमनलाल बजाजको सन् १९४२ (फरवरी ११) मा  हृदयाघातबाट  निधन भयो। बजाजलाई गान्धीले पाँचौ पुत्र बनाएका थिए। बजाज पनि आफूलाई गान्धी पुत्र मान्थे। गान्धीकै प्रभावले बजाज राजनीतिमा होमिएका थिए। बजाज १९२२ देखि १९४२ सम्म उनी कांग्रेस पार्टीको कोषाध्यक्ष रहिरहे। निकटजनको शोकलाई शक्तिमा रुपान्तरण गर्दै गान्धीले आन्दोलनलाई निरन्तरता दिइरहे।  

जेल जीवन र गान्धी 
दक्षिण अफ्रिकामा गान्धी ६ पटकसम्म जेल परेका थिए। भारत आगमन पश्चात् पनि उनी ६ पटक जेल परे। उनी दक्षिण अफ्रिकामा पहिलो पटक १० जनवरी १९०८ मा जेल परेका थिए। ट्रान्सवाल भन्ने स्थनमा पहिलो पटक जेल पर्दा उनी १ महिनामा रिहाइ भएका थिए। दोस्रो पटक २५ फ्रेबुअरी १९०८ मा उनी जेल परे। तेस्रो पटक २५ फेब्रुअरी १९०९ मा जेल परेका उनी तीन महिनामा रिहा भएका थिए। त्यसपछि उनी सन् १९१३ मा पटक–पटक गरी तीन पटक गिरफ्तार र रिहा भए। त्यसपछि उनी २१ वर्षको बसाई अन्त्य गर्दै सन् १९१५ मा भारत फर्किए। 

स्वतन्त्र भारतमा मात्र १ सय ६८ दिनको जीवित 
सन् १९४२ कै अगस्त ९ मा गान्धीले बम्बईमा भारतीय कांग्रेसको बैठक डाके। बैठकबाट ‘करो या मरो’ भन्ने नारा दिँदै भारत छोडो (क्वीट इण्डिया) आन्दोलनको उद्घोष गरे। अन्ततः त्यही आन्दोलनले निरन्तरता पायो। १५ अगस्त सन् १९४७ भारत स्वतन्त्र हुन पुग्यो।

स्वतन्त्र भारतमा उनी मात्र १ सय ६८ दिन मात्र बाँचे। ३० जनवरी सन् १९४८ का दिन एक अतिवादी हिन्दुको गोलीबाट उनको हत्या हुन पुग्यो। यतिबेला त्यही हत्यारा नाथुराम गोड्सेलाई देवत्वकरण गर्नेहरु पनि त्यही भारतमा छन्। मरणोप्रान्त पनि गान्धीप्रति दोष र रोष प्रकट गर्नेहरु छन्।

हत्यारा गोड्सेलाई देवत्वकरण गर्नेहरुलाई गान्धीवादीको एउटै जवाफ छ, ‘गान्धी न गोलीले मरेका छन्। न त मर्नेछन्। मूर्ति बनाउँदैमा न गोड्से बाँच्नेछ।’ गान्धीको आदर्शलाई पछ्याउने अग्रज पुस्तासँगै वर्तमान पुस्ताका नेपालीहरु पनि छन्।

गान्धीका बारेमा वरिष्ठ पत्रकार विजय कुमार भन्छन्, ‘कुनै पनि समाजिक समस्याको समाधान गर्न गान्धीको समाजिक र आर्थिक दृष्टिकोण अपनाउनु वर्तमानमा पनि सान्दर्भिक  देखिन्छ।’ सत्य र निष्ठाका बारेमा उनको बुझाइलाई आधार मान्दा गान्धी व्यवहारवादी दार्शनिक थिए भन्नु अतियुक्ति नहोला। 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि... शनिबार, चैत १६, २०८१
ताजा समाचारसबै
तोलामा एक हजार ४ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ? शुक्रबार, वैशाख २६, २०८२
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्