• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

गरिमा भनेर बेचिएको धानको बीउ नक्कली भएको पुष्टि

बाला नै नलागेपछि ५ जिल्लाका किसान प्रभावित 
64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १४:१४
1140x725

काठमाडौं- चितवन लगायत तराइका विभिन्न ५ जिल्लामा धानको हाईब्रिड जात ‘गरिमा’ भनेर कृषकले लगाएको धान गरिमा नभई अरु नै प्रजातिको रहेको पुष्टि भएको छ। गरिमा जातको भनी लगाइएको धानमा बाला नलागेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति गठन गरी अध्ययन गर्दा यस्तो निष्कर्ष निकालेको हो।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दीनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्यीय अध्ययन समिति गठन भएको थियो। समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल तथा अन्तरक्रिया गरी तयार पारेको प्रतिवेदनअनुसार उक्त जातको बिउ गरिमा जातको नभई भारतबाट आयात गरिएको अरु नै कुनै जातको धानको पुष्टि गरेको हो। 

असोज ५ र ६ गते निरीक्षण टोलीले उक्त जातको धान लगाइएका क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो। स्थलगत निरीक्षण पछि उक्त टोलीले तयार पारेको प्रतिवेदनमा चितवन जिल्लामा रहेको प्रशान्त एग्रोभेटका संचालक प्रदीपकुमार पाठकले गरिमा जातको भनी अर्कै कुनै जातको भएको पाइएको हो। पाठकले १३ हजार ४ सय किलोग्राम बिक्री वितरण गरेको पाइएको छ। एग्रोभेटले चितवन जिल्लामा मात्रै लगभग ९ हजार  किलोग्राम बीउ बिक्री गरेको जानकारी संचालकले निरीक्षण टोलीलाई दिएका थिए। बाँकी बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँलगायतका जिल्लामा वितरण भएको प्रतिवेदनमा उल्लेख छ। 

प्रशान्त एग्रोभेटबाट संकलन गरिएको बीउको प्याकेटमा उल्लेखित जानकारीअनुसार उक्त बिउको उत्पादक भारत हैदराबादको कम्पनी रेनोभा सिड साइन्स इन्डिया प्राइभेट लिमिटेड देखिन्छ भने त्यसको नेपालमा बजारीकरण (मार्केटेड बाई) सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि लमही,  दाङ उल्लेख गरिएको छ। 

गरिमा भनी बिक्री गरिएको जातको बिउ प्रायः सबै कृषकको खेतमा वानस्पतिक वृद्धि राम्रो देखिए पनि धानको बाला भने लागेको देखिँदैन। उक्त जातको धान पाक्न लाग्ने अवधि १ सय ५५ दिनभन्दा बढी हुन सक्ने भएकोले बाला पसाउन ढिलो भएको र निरीक्षण गरेकामध्ये सबै कृषकहरुको बालीको प्रिमोडियाको अवस्था भर्खर बन्न सुरु भएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

‘गरिमा जातको धानबाली पाक्न तोकिएको समयभन्दा उक्त धानबालीलाई लगभग २५-३० दिन बाला निस्कन लाग्ने र बाला निस्किसकेको लगभग थप ३० दिनपछि मात्र बाली काट्ने अवस्थामा पुग्ने देखियो,’ प्रतिवेदनमा भनिएको छ। 

निरीक्षण टोलीले उक्त धानको प्रजाती नेपालमा दर्ता गरिएको गरिमा जात हो वा होइन भनी यकिन गर्न उक्त बीउको डिएनए फिंगर प्रिन्ट परीक्षणका लागि बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र र बीउ विज्ञान प्रविधि महाशाखा, खुमलटारलाई पठाएको थियो। 

‘प्रशान्त एग्रोभेटबाट ल्याएको उक्त बीउको नमुना परीक्षण गर्दा डिएनको ब्यान्ड फरक नआएकोले सो धान लगाइएको खेतबाट नै बोटको नमुना तनहुँबाट ल्याई बीउ विज्ञान प्रविधि महाशाखा, खुमलटारमा परीक्षण गर्दा सो नमूनाहरुको डिएनको एक आपसमा नमिलेको पाइएको छ। जसको आधारमा यी दुई धानका जात एकै हुन नसक्ने यकिन भयो,’ प्रतिवेदनमा भनिएको छ। 

Ncell 2
Ncell 2

बाली पाक्ने अवधिका हिसाबमा पनि उक्त धानको प्रजाति नेपालमा दर्ता भएको गरिमा हाइब्रिडसँग मेल खाएको देखिँदैन। २०७२ सालमा नेपाल सरकारले हाइब्रिड जातको धान भनी गरिमा धान दर्ता गरेको देखिन्छ। उक्त बिउको विशेषताहरुमा पाक्ने अवधि १२०-१२५ दिन, बोटको उचाई १००-१०५ सेन्टिमिटर, मसिनो दाना भएको, र  सिफारिस गरिएको क्षेत्र तराई र भित्री मधेश रहेको थियो। तर चितवन जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दा कृषकहरुको खेतबारीमा रहेको गरिमा जातको भनिएको हाइब्रिड धान बाला निस्कने अवस्थाको प्रारम्भिक चरणमा रहेको र बाला निस्कन थप २० देखि २५ लाग्ने तथा यसको पाक्ने अवधि पनि दर्ता गरिएको गरिमा हाइब्रिड धानको भन्दा करिब १ महिना बढी लाग्ने देखिएको छ। यसरी नेपालमा दर्ता गरिएको गरिमा जातको हाईव्रिड धान र स्थलगत निरीक्षण गरिएको गरिमा जातके भनिएको धानको जातीय विशेषता (विशेषगरी बाली अवधिमा) फरक पाइएको छ। 

निरीक्षण टोलीले तयार पारेको प्रतिवेदनअनुसार कृषकहरुले चाँडो पाक्ने जात भनी विगत केही वर्षदेखि गरिमा धान लगाउँदै आईरहेका छन्। 'धान पाकेलगत्तै तरकारी बाली लगाउने योजनामा किसान रहेकोमा सो धान ढिलो तयार हुने देखिएकाले समयमै तरकारी लगाउन पाएका छैनन्। सो धान पाक्नेबेला सम्म पर्खिएमा चरा, मुसा र रोग किराबाट जोगाउन गाह्रो हुने जसले गर्दा थप समस्या सृजना हुने भएका कारण किसानहरु चिन्तित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ।

बीउ व्यवसायीबाट आफूहरु ठगिएकाले क्षतिपूर्ति पाउनु पर्ने माग कृषकहरुको रहेको छ।

(पाक्ने बेलासम्म पनि बाला नलागेको गरिमा धान। तस्बिरः कान्तिपुर)

यो पनि 
गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित

 

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्