टोकियो– जापानमा आयोजित नेपाल लगानी सम्मेलनलार्ई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गरेका छन्। जापानस्थित नेपाली राजदूतावास, जापानको बाह्य व्यापार संघ (जेट्ररो) लगायतका संस्थाको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गरेका हुन्।
_x000D__x000D_
कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले जापानले नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे। नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको भन्दै मन्त्री ज्ञवालीले जापानका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
_x000D__x000D_
नेपालमा नयाँ संविधान घोषणापछि र तीनै तहको निर्वाचन सम्पन्न भएपछिको अवस्थामा राजनीतिक स्थिरता कायम भएको बताउँदै मन्त्री ज्ञवालीले नेपालको अबको लक्ष्य भनेको आर्थिक प्रगति गर्ने भएको स्पष्ट पारे। सन् २०३० सम्ममा नेपाल अल्पविकसित देशबाट मध्यम विकसित देशमा सुचीकृत हने तवरबाट विकास गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री ज्ञवालीले नेपालको विकासमा जापानका निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे।
_x000D__x000D_
नेपालमा प्रयाप्त मात्रामा प्राकृतिक स्रोतसाधन भए पनि प्राविधिक अभावका कारण त्यसले मूर्त रुप लिन नसकेको बताउँदै ज्ञवालीले जापानलाई नेपालको विकासमा प्रविधिक रुपमा सहयोग गर्न पनि आग्रह गरे। नेपाल सरकार लगानी मैत्री वातावरण निर्माणमा लागेकोसमेत प्रष्ट पारे।
_x000D__x000D_
मन्त्री ज्ञवाली जापानी समकक्षी तारो कानोको औपचारीक निमन्त्रणमा ५ दिने भ्रमणमा मंसिर १ गते जापान गएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।