काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो अाशा गरेको बताएका छन्।
_x000D__x000D_
अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
_x000D__x000D_
आइतबार नेपाल–चीन मैत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एसियाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने दाबी गरे।
_x000D__x000D_
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’को अवधारणा अघि सारेको स्पष्ट पारिन्। उनले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गरिन्।
_x000D__x000D_
राजदुत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’को अवधारणा उपयोगी हुने दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।