• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सूचना प्रविधिको प्रयोगले प्रहरी रिपोर्ट प्राप्त गर्न सहज

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २२, २०७५  ०३:१४
1140x725

काठमाडौं– अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै ‘अट्याच’ गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो।

_x000D_ _x000D_

देशबाहिर भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट पाउन सकिन्। प्रहरी रिपोर्टका लागि उनले प्रहरी कार्यालय धाउनु परेन। लौ न छिटो गरिदिनुस् न भनेर भनसुन पनि गरिराख्नु परेन। काम सजिलै र छिट्टै भयो।

_x000D_ _x000D_

विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान कार्यालयमै पुगेर आवेदन दिनुपर्थ्यो। तोकिएको दिन पुनः रिपोर्ट लिन पुग्नुपर्थ्यो। स्वदेशमै रहेका सेवाग्राहीलाई फर्म दर्ता गर्न पनि लामो लाइन बस्नु पर्थ्यो। तयार भएको रिपोर्ट लिन केही समय कुर्नुको विकल्प थिएन।

_x000D_ _x000D_

यो समस्या समाधान गरी काम सहज बनाउन प्रहरीले आवेदन संकलनका लागि ९ वटा केन्द्र थप गर्नुपर्यो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्र थप गर्न र सूचना प्रविधिको प्रयोगलाई अझै व्यापकता दिई तत्काल काम गर्न निर्देशन दिएपछि प्रहरी रिपोर्ट तयार गर्दाको समस्या समाधान भई नागरिकलाई छिटोछरितो सेवा प्रदान हुन सकेको हो। यसका लागि प्रहरी प्रधान कार्यालयबाटै तत्काल हेर्न सकिने प्रविधिको प्रयोगले सहयोग पुर्याएको छ।

_x000D_ _x000D_

तीन महिनामा साढे ३ हजारलाई अनलाइनबाटै प्रहरी रिपोर्ट

_x000D_ _x000D_

अञ्जुजस्तै विदेशमा रहेर सूचना प्रविधिको प्रयोग गरी प्रहरी सेवा लिनेको संख्या अहिले ह्वात्तै बढेको छ। गत ३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले आवेदन दर्ता गरेका थिए। तीमध्ये ३ हजार ५ सय ५० जनालाई रिपोर्ट प्रदान गरिएको तथ्याङ्क छ। कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबै जनालाई इमेलबाटै रिपोर्ट पठाइएको छ।

_x000D_ _x000D_

उक्त अवधिमा प्रहरी रिपोर्टका लागि ६३ हजार ३० सेवाग्राहीले नेपाल प्रहरीको चालचलन शाखामा प्रत्यक्ष आवेदन दिएका थिए। तीमध्ये ६२ हजार ६ सय ८४ लाई प्रहरी रिपोर्ट प्रदान गरिएको छ। ६५ जनालाई मुद्दा जनाएर दिइएको छ भने अन्य प्रकृयामै छन्। वितरण गरिएकामध्ये १ सय ९७ रिपोर्ट विदेशी नागरिकका छन्। प्रदेश प्रहरी कार्यालयबाट २ हजार १ सय ४८ जनाले रिपोर्ट लिएका छन्।

_x000D_ _x000D_

यसअघि गत आर्थिक वर्षमा कूल २ लाख ७९ हजार ३ सय ३ जनाले प्रहरी रिपोर्टका लागि आवेदन दिएका थिए। जसमा ४३ हजार ७ सय ६० महिला र २ लाख ३५ हजार ५ सय ४३ पुरूष थिए। फारम दर्ता भएकामध्ये २ लाख ७७ हजार ४ सय ९५ जनालाई रिपोर्ट प्रदान गरिएको थियो। यो संख्या आर्थिक वर्ष २०७३÷०७४ भन्दा ६६ हजार ९ ले बढी हो। उक्त आर्थिक वर्षमा कूल २ लाख ११ हजार ४ सय ३३ प्रहरी रिपोर्ट प्रदान गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

कहाँ–कहाँबाट पाइन्छ रिपोर्ट?

_x000D_ _x000D_

सेवाग्राहीको सजिलोका लागि काठमाडौं उपत्यकामा रानीपोखरी, महाराजगन्ज, गौशाला, कालीमाटी, ललितपुरको जावलाखेल, भक्तपुरमा आवेदन दर्ता र रिपोर्ट वितरण केन्द्र तोकिएको छ। उपत्यकाबाहिर ७ वटै प्रदेश प्रहरी कार्यालयमा यो सुविधा उपलब्ध छ।

_x000D_ _x000D_

भीड हुने केन्द्रमा बिहान ८ बजे नै फारम लिने व्यवस्था मिलाइएको छ। सेवाग्राहीले उपत्यकामा आवेदन दिएको ३ दिनमा र प्रदेशमा ७ दिनमा प्रहरी रिपोर्ट प्राप्त गर्न सक्छन्। कुनै सेवाग्राहीले तत्काल अत्यावश्यक परेको निवेदन दिएमा आवश्यकता हेरिकन तोकिएको मितिभन्दा अगावै पनि उपलब्ध गराउने गरिन्छ। यो सुविधा प्रहरी प्रधान कार्यालयमा मात्र उपलब्ध छ। यस्तो छिटोछरितो सुविधा प्रहरीको सकृयता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको हो।

_x000D_ _x000D_

प्रकृया थप सहज बनाउने तयारी

_x000D_ _x000D_

सूचना प्रविधि आधुनिक जगतको टड्कारो आवश्यकता हो। यसको प्रयोगलाई अझै सशक्त बनाउन नेपाल प्रहरी प्रयासरत छ। आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति प्रहरीले अख्तियार गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्छन्, ‘हालको प्रहरी रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्थालाई अझै छिटो छरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक संयन्त्र तयार गर्ने प्रकृया अगाडि बढेको छ। यसका लागि केही समय लाग्छ।’

_x000D_ _x000D_

कसरी तयार गरिन्छ रिपोर्ट?

_x000D_ _x000D_

नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ। प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ। निर्मित सफ्टवेयरमध्ये क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस), अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम (एएफआइएस)’ र क्यारेक्टर भेरिफिकेसन इन्फरमेसन सिस्टम (सिभिआइएस) सफ्टवेयरहरू प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि प्रयोगमा छन्।

_x000D_ _x000D_

सिआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक  अभिलेख राखिन्छ। जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ। एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको आपराधिक अभिलेख औंठा छापबाट थप जाँच गर्न मद्दत गर्दछ।

_x000D_ _x000D_

दुवै प्रकृयाबाट आवश्यक जाँचपछि ‘फर्म्याट’अनुसारको रिपोर्ट प्रिन्ट गर्ने काममा सिभिआइएस सफ्टवेयरले सघाउँछ। निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिलकुमार श्रेष्ठ भन्छन्, ‘प्रहरी रिपोर्ट वितरणलाई व्यवस्थित र छिटोछरितो बनाउन यी सफ्टवयरहरूले सघाउ पुर्‍याएका छन्। आगामी दिनमा प्रहरी संगठनको आवश्यकताअनुसार सफ्टवेयर विकास गरिने छ। सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी र संगठनको हित अनुकूल बनाउन निर्देशनालय कटिबद्ध छ।’

_x000D_ _x000D_

प्रहरी रिपोर्ट सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ। चालचलन शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले पनि सूचना प्रविधिको प्रयोगले काम गर्न अति छिटो र सजिलो भएको प्रतिक्रिया दिए।

_x000D_ _x000D_

नेपाल प्रहरीले प्रहरी रिपोर्टसम्बन्धी काम पूर्णतः निःशुल्क बनाएको छ। आवेदन फर्म सम्बन्धित प्रहरी कार्यालयमै निःशुल्क उपलब्ध हुन्छ। नेपाल प्रहरीको वेबसाइटबाट सेवाग्राही आफैंले डाउनलोड गरेर पनि भर्न सक्छन्। स्टिकरवापत लाग्ने १० रुपैयाँसमेत हाललाई निःशुल्क गरिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्