काठमाडौं - दसैंको मुखमा सुनको भाउ आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामै ६० हजार रुपैयाँ पुगेको छ। यो भाउ २०७० सालयताकै सबैभन्दा उच्च हो।
_x000D__x000D_
पछिल्लो एक महिनामै सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँसम्मले बढेको छ। महासंघका अनुसार गत १८ भदौमा छापावाल सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ थियो। त्यस्तै, सोही मितिमा ५६ हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ पुगेको छ।
_x000D__x000D_
बिहीवार ५९ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य शुक्रबार एकैदिन ७ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
_x000D__x000D_
यही १५ असोजमा सुनको भाउ प्रतितोला ५७ हजार ८ सय रुपैयाँसम्म थियो। गत २२ भदौमा ५७ हजार ५ सय प्रतितोला रहेको छापावाला सुन त्यसअघि १८ भदौमा ५७ हजार रुपैयाँ थियो। यसअघि गत साउनमा प्रतितोला सुनको मूल्य ५६ हजार रुपैयाँसम्म थियो।
_x000D__x000D_
महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य मूलतः अमेरिकी अर्थतन्त्र मजबुत हुँदै जानु र डलरको विनिमय दर उच्च हुँदै जाँदा सुनको मूल्य बढेको बताउँछन्। सामान्यतयाः यसअघि डलरको विनिमय दर बढ्दा सुनको भाउ घट्ने भए पनि यसपटक भने त्यस्तो देखिएको छैन।
_x000D__x000D_
‘यसपटक डलर र सुनको भाउ एकैपटक माथि गएको छ,’ शाक्य भन्छन्, ‘यसले नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।’
_x000D__x000D_
सुनको भाउ तत्काल घट्ने सम्भावना नरहेको महासंघका निवर्तमान अध्यक्ष शाक्य बताउँछन्।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।