कञ्चनपुर– दसैं नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुने क्रम बढेको छ। बजारमा दैनिक उपभोग्य वस्तुको अभाव समेत देखिन थालेको उपभोक्ताहरूको गुनासो छ।
_x000D__x000D_
धनगढीमा दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धिको असर पहाडी जिल्लामा समेत परिरहेको छ। प्रायः चाडबाडमा मात्रै बजार अनुगमन हुने गरेता पनि आम उपभोक्ताले चाडबाडमा दैनिक उपभोग्यका लागि अतिरिक्त मूल्य तिर्नु परिरहेको अवस्था छ।
_x000D__x000D_
संघीय तथा प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि वार्षिक बजेट भाषण गरे लगत्तै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुने क्रम बढेको हो।
_x000D__x000D_
अहिले दशैंतिहार नजिकिँदै गर्दा बजारमा नुन, तेल, दाल, चामल लगायतको दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर वृद्धि भएकाे देखिएको हाे। व्यापारीले सरकारले विभिन्न सेवा तथा उत्पादनमा कर वृद्धि गरेका कारण दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य पनि बढेको दाबी गर्दै आएका छन्।
_x000D__x000D_
धनगढीमा एक महिनायता खाद्यान्न र तरकारीमा १० देखि १५ प्रतिशत वृद्धि भएको स्वयम् व्यापारीले नै जनाएका छन्।
_x000D__x000D_
एक महिना अघिसम्म ३० देखि ३५ प्रति किलोका दरमा बिक्री भइरहेको मोटो चामल अहिले ४० देखि ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
_x000D__x000D_
त्यस्तै, एक महिनाअघिसम्म ५० रुपैयाँ प्रतिकिलोका दरमा पाइने मसिनो चामलको मूल्य अहिले ५५ देखि ६० रुपैया पुगेको छ।
_x000D__x000D_
त्यस्तै, स्थानीय बजारमा एक महिना अघिसम्म १ सय ३० रुपैयाँ प्रति लिटरका दरले पाउने तोरीको तेलको मूल्य अहिले १ सय ५० रुपैयाँ नाघेको छ।
_x000D__x000D_
धनगढीका किराना व्यवसायी राजिव गुप्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष दशैंतिहार आउनु अघि नै दैनिक उपभोग्य वस्तुमा १० देखि ५० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।
_x000D__x000D_
उनले भने– थोक बिक्रेता तथा डिलरबाट नै महंगोमा खरिद गर्नु परेपछि दैनिक उपभोग्यको मूल्य वृद्धि स्वाभाविक हुन्छ।
_x000D__x000D_
धनगढी सब्जीमण्डीका व्यापारी आन्तरिक उत्पादनमा कमी आएको तथा भारतबाट आयातमा हुने वस्तुको मूल्य बढिरहेकोले स्थानीय बजारमा तरकारीको मुल्य पनि वृद्धि भएको बताउछँन्।
_x000D__x000D_
धनगढीमा भएको दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको असर प्रदेश ७ का सबै जिल्लामा पर्ने गरेको उपभोक्ता समिति कैलालीका अध्यक्ष हरि रेग्मी बताउछन्। ‘धनगढी मै दैनिक उपभोग्य वस्तुको कृत्रिम मूल्य वृद्धि नियन्त्रण हुनु जरुरी हुन्छ,’ उनी भन्छन्, ‘यसका लागि नियमित तथा प्रभावकारी रुपमा बजार अनुगमन गर्नु आवश्यक हुन्छ।'
_x000D__x000D_
धनगढीमा बजार अनुगमनका लागि वाणिज्य कार्यालय, गुण नियन्त्रण, नाप तौल कार्यालय रहेका छन्। तर, प्रायः चाडबाडका बेला मात्रै गरिने अनुमगन कार्य औपचारिकतामा मात्रै सीमित हुने गरेको पाइन्छ।
_x000D__x000D_
अहिले पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएकाले दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएकाे उपभाेक्ताकाे ठहर छ।
_x000D__x000D_
उपभोक्ता समितिका अध्यक्ष रेग्मीले बजार अनुगमनलाई नियमित बनाउने तथा चाडबाडका वेला अझ बढि ध्यान दिनु आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।