दाङ– दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आशंकामा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ।
_x000D_
_x000D_
तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धानको लागि पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
_x000D_
_x000D_
बालिकाको योनीमा घाउ भएपछि उपचारका क्रममा बालिका बलात्कृत भएको रहस्य खुलेको हो।
_x000D_
_x000D_
ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी नआए पनि अनुसन्धानको लागि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। ‘पीडित पक्ष उपचारको लागि जिल्ला बाहिर हुनुहुन्छ, आएपछि कानुनी प्रकृया सुरु गर्छौँ,’ डिएसपी सापकोटाले भने।
_x000D_
_x000D_
बालिकाको उपचार दाङमा सम्भव नभएपछि जिल्ला बाहिर भइरहेको र मेडिकल रिपोर्ट आएपछि घटनाको पुष्टि हुने उनले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।