काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहीबार समिति गठन भएको हो। समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्।
स्थानीयहरुले उच्च स्तरीय छानबिनको माग गरेपछि गृहले समिति गठन भएको हो।
पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रहरी अनुसन्धान निष्पक्ष नभएको र बास्तविक अपराधी पक्राउ नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ। बिहीबार महेन्द्रनगरमा तनाव हुँदा प्रहरीले गोली चलाएको थियो।
स्रोतका अनुसार कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलाई हटाएर नयाँ एसपी पठाउने तयारी भइरहेको छ।
प्रहरीले बलात्कार र हत्या आरोपमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेपनि उनी वास्तविक हत्यारा नभएको मृतकका आफन्तको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।