• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको अस्वाभाविक असर देखिँदै
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०८१  ०६:३६
1140x725

सल्लेरी (सोलुखुम्बु)- विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ । 

 तापक्रम वृद्धिको नयाँ गतिले दुई डिग्री सेल्सियस नाघ्ने जानकारहरुको प्रक्षेपण वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । सगरमाथा क्षत्रेका खुम्बु हिमनदी छोटिँदै गएका छन् । यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष बरफ बिलाउँदै गएको जनाइएको छ । 

सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरुको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ । 

पछिल्लो एक दशकमा सगरमाथा आधार शिविर भासिँदै गएको करिब १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आउनुभएका साङ्गे शेर्पाले बताए। यसका कारण आधार शिविर क्रसर उद्योगजस्तो देखिन थालेको उनको भनाइ छ ।

Ncell 2
Ncell 2

'सगरमाथासहितका यस क्षेत्रका हिमालहरु कालो बन्दै गएको, हिमालमा जति हिउँ हुनुपर्ने हो त्यस्तो छैन । बेस क्याम्प नै पनि धेरै परिवर्तन भएको छ, बेस क्याम्प वर्षैपिच्छे खाल्डोमा परिणत हुँदै गएको छ, यो त राम्रो हैन नि,' पर्यटन व्यवसायी शेर्पाले भने । 

 आधार शिविरमा पहिरो जाने क्रम बढ्दै गएको स्थानीय जानकारहरु बताउँछन् । विगतमा मैदान रहेको आधार शिविरमा अहिले जताततै पहिरोका कारण खाल्डो देखिएको आधार शिविरमा भेटिएका अर्का व्यवासायी पेमारिन्जी शेर्पाले बताए। 'मलाई नै थाहा हुँदा पनि बेस क्याम्प निकै चौर थियो, तर अहिले त पूरै खाल्डोजस्तो भएको छ, पहिरोका कारण यहाँका ग्लासियर पनि घटदै गएका छन्,' उनले भने । 

जलवायु परिवर्तनको असरले खुम्बु क्षेत्रको हिमालमा मात्रै नभएर बालीनाली र जनजीवनमा समेत प्रभाव परेको स्थानीयवासी बताउँछन् । विगतमा गहुँ, फापर, जौजस्ता बालीहरु प्रशस्त उत्पादन हुने खुम्जुङ, थामेलगायत ठाउँहरुमा पछिल्लो समय उब्जाउन नै नहुने गरेको खुम्जुङकी पासाङल्हामु शेर्पाले बताइन् । उब्जाउ शक्ति घटेसँगै खेती गर्ने कृषक नहुँदा अधिकांश बारीहरु बाँझो हुने क्रम बढेको उनको भनाइ छ । 'यो खुम्जुङ क्षेत्रमा पहिला कति धेरै उवा, जौ, फापरहरु खेती हुन्थ्यो तर अहिले त रोपे पनि खासै फल्दैन त्यसैले होला अहिले त खेती गर्नै छोड्यो, सबै बारीहरु बाँझै छ अब त,' पासाङ ल्हामुले भनिन् । 

shivam cement
shivam cement

  केही वर्षयता हिमाली भेगका महिलामा प्रजननसम्बन्धीका समस्या पनि बढ्दै गएको स्थानीय बताउँछन् । महिनावारीको अवधि लम्बिने तथा बाँझोपनाको समस्या समेत बढी देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाले बताइन् । कतिपय महिलाहरु स्वास्थ्य समस्या पालेरै बस्ने गर्दछन् भने स्वास्थ्य संस्था पुग्ने महिलामा प्रजनन समस्या लिने आउने गरेको उनको भनाइ छ । हिमालमा बेमौसमी हिमपातको क्रम बढ्दै गएको छभने तापक्रमसमेत अस्वाभाविक रुपमा बढ्दै गएको स्थानीयको अनुभव छ । मङ्सिर, पुस, माघमा हिउँ नपरेर चैत, वैशाखमा हिउँ पर्ने गरेको लबुचेका सङ्गम राईले बताए । 

'यस वर्ष पनि चैत, वैशाखमा धेरै हिमपात भयो, जबकि त्यो हिमपात पुस, माघमा हुनुपथ्र्यो, समय त कति फेरियो फेरियो भनेर साध्यै छैन्,' उनले भने । 

शक्ति राष्ट्रहरुले सञ्चालन गरेको उद्योगहरुको असर हिमाली क्षेत्रमा परेको वातावरणविज्ञ डा राजन थापाको भनाइ छ । यही तवरबाट निरन्तर अघि बढ्ने हो भन्ने नेपालका हिमालहरु केही दशकमै सङ्कटमा पर्न सक्ने उनको चिन्ता छ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विश्व समुदाय नै अग्रसर हुनुको विकल्प नरहेको थापाको तर्क छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह
सम्बन्धित सामग्री
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ। तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्... शनिबार, जेठ ३, २०८२
सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १ सय ७७ आरोहीले नाम दर्ता गरा... शनिबार, जेठ ३, २०८२
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यह... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु शनिबार, जेठ ३, २०८२
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट शनिबार, जेठ ३, २०८२
अछाम पुगेका प्रचण्डले गरे सहकार्यका लागि भीम रावललाई आग्रह शनिबार, जेठ ३, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
तीनपटक सत्तामा पुर्‍याउने कुनै कांग्रेस एमाले होइनन्, जनता हुन् : प्रचण्ड शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्