• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २९, २०८२ Sun, Jul 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
शृंखला–१ : त्रिभुवन विमानस्थलमा हरियो नम्बर प्लेटका ट्याक्सीको सिन्डिकेट
64x64
नेपाल लाइभ सोमबार, साउन २१, २०७५  ०१:०२
1140x725

काठमाडौं– सर्वोच्च अदालतको आदेशलाई समेत लत्याउँदै देशकै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारकै मिलेमतोमा हरियो नम्बर प्लेटका ट्याक्सीले सिन्डिकेट कायम गरेका छन्। 

सर्वोच्च अदालतसहितका निकायबाट २ सय वटा ट्याक्सीको स्वीकृत पाए पनि अवैधानिक रुपमा ८ ट्याक्सी समेत चलाउँदै उक्त कम्पनीले सरकारलाई लाखौं राजस्व छलेको पाइएको छ। 

त्रिभुवन विमानस्थल प्रशासन, यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार मन्त्रालय समेतको मिलेमतोमा ‘हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ नामक कम्पनीले विमानस्थालमा २ सय ८ वटा हरियो प्लेटका ट्याक्सीको सिन्डिकेट चलाएको छ। 

२०६० देखि नै विमानस्थलमा प्रिपेड ट्याक्सी सञ्चालन गर्दै आएको उक्त कम्पनीले ०६९ जेठमा सरकारले विमानस्थलबाट पुराना गाडी विस्थापित गर्ने बताएपछि पनि उसैले ट्याक्सी सञ्चालनको जिम्मा पाएको हो। 

०७० साल साउन २९ मा मन्त्रिपरिषद बैठकले नै निर्णय गरेर त्यहाँ सिन्डिकेट कायम गर्न उक्त कम्पनीलाई अनुमति दिएको थियो। पुराना ट्याक्सी विस्थापित गर्ने बाहनामा विमानस्थल प्रशासनसँग ०६९ जेठ ९ मा ‘हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ले ७ वर्षको सम्झौता गरेको थियो।

अन्य कुनै पनि कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने गरी विमानस्थलसँग सम्झौता गर्दै वर्षौंदेखि सिन्डिकेट चल्दै आएको छ। कसैले नयाँ कम्पनी मार्फत विमानस्थालमा गुणस्तरीय सेवा दिन चाहेमा उनीहरुसँग नागरिक उड्यन प्राधिकरणले गरेको सम्झौताका कारण नमिल्ने भन्दै फर्काउने गरिएको छ। 

कहाँबाट थपियो ८ वटा ट्याक्सी?

Ncell 2
Ncell 2

२०६९ मा उक्त कम्पनीले प्राधिकरणको विमानस्थल उड्ययन कार्यालय गौचरणसँग सम्झौता गरी पुराना ट्याक्सीको सट्टामा नयाँ ल्याउने निर्णय गर्‍यो। उक्त निर्णय अनुसार २ सय वटा गाडी भित्र्याउने सम्झौता भएपछि भौतिक पूर्वाधार मन्त्रालयले ट्याक्सी खरिदका लागि २०७० साउन २९ मा स्वीकृतको पत्र लेख्यो। तर, यातायात व्यवस्था कार्यालयले पुराना सवारी साधानको कर चुक्ता नभएको भन्दै दर्ता गर्न रोक लगायो। उक्त निर्णय विरुद्ध कम्पनी सर्वोच्च अदालतलमा पुग्यो। 

मुद्दामा पहिलो सुनुवाई गर्दै २०७० कात्तिक ४ मा नयाँ गाडी चलाउन रोक लागाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्‍यो। न्यायाधीश प्रकाश बस्तीको इजलाशले जारी गरेको अन्तरिम आदेशमा विमानस्थल कार्यालयको माग बमोजिक २ सय वटा नयाँ ट्याक्सीले सञ्चालन अनुमति पाएको उल्लेख छ। 

सो सम्झौता अनुसार पुराना दर्ता भएका ट्याक्सीहरु र नयाँ गरी १ सय ६८ वटालाई हरियो नम्बरप्लेट दिने र तिनीहरुले मात्र सेवा दिने भनिएको थियो। पछि त्यसमा थप ३२ ट्याक्सीलाई यातायात व्यवस्था विभागले दर्ता गरिदिने सम्झौताको बुँदा थपियो।

ती ट्याक्सी वर्षौंदेखि विमानस्थलमा कार्यरत रहेका तर आफ्ना सवारी साधन नभएका चालक लगायतलाई दिने भनिएको थियो। तर, ती ३२ ट्याक्सी नेता र प्रशासनका श्रीमतीका नाममा समेत दर्ता गरिएको कम्पनीका विमानस्थल हाइकमान्ड सदस्य र विमानस्थलका एक कर्मचारी बताउँछन्। यो दुवै संख्या जोड्दा २ सय मात्र हुन्छ। तर, अहिले विमानस्थलमा दैनिक २ सय ८ वटा ट्याक्सी उक्त कम्पनीमार्फत निर्वाध गुडिरहेका छन्। 

सिन्डिकेट अन्तर्गत दर्ता भएर चलिरहेका ट्याक्सीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरको पनि ट्याक्सी छ। त्यसैगरी, माओवादी निकट मजदुर नेता जेबी कार्की र उनकी श्रीमती विनिता कार्कीका नाममा पनि ट्याक्सी गुडिरहेका छन्। 

त्यसैगरी, मजदुर नेताहरु अजय राई, धर्म भण्डारी आदिका नाममा ट्याक्सी कुदिरहेका छन्। नेपाली कांग्रेसका प्रदेश ३ का सांसद राजेन्द्र गुरुङको नाममा पनि ट्याक्सी छ। उनी प्रदेशसभाका समानुपातिक सांसद हुन्। 

कम्पनीका महाप्रबन्धक पुरुषोत्तम सिंखडा र यसोदा सिंखडाले पनि ट्याक्सी लिएका छन्। ट्याक्सी कुदाउनेहरुमा त्रिभुवन विमानस्थलका कर्मचारी पनि छन्। 

कम्पनीका नाममा उठेको करोडौं रकम खोइ?

१५ वर्षदेखि विमानस्थलको ट्याक्सी व्यवसायमा एकछत्र राज गरेको ‘हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’ले विमानस्थलमा दैनिक शुल्क असुल गर्ने गरेको ट्याक्सी चालकहरु बताउँछन्।

कम्पनीले एउटा ट्याक्सीबाट दैनिक भौचर काटेकोमा १ सय र नकाटेमा ५० रुपैयाँ एक पटक यात्रु बोक्दा उठाउने गरेको छ। यसरी दिनमा एउटा ट्याक्सीबाट न्यूनतम ३ सय रुपैयाँसम्म उठ्ने र कुनै होटलको गाडी यात्रुहरुलाई लिन जाँदा मासिक ४ हजारसम्म उठाउने गरिएको चालकहरु बताउँछन्। 

यस्तै, महिनाको ११ सय रुपैयाँ लेबीका रुपमा समितिले अलग्गै उठाउँदै आएको छ। यसरी एउटा ट्याक्सीबाट कम्पनीले महिनामा सरदर १० हजार रुपैयाँ उठाउने गरेको देखिन्छ। त्यसरी उठाइने रकम मासिक २० लाखभन्दा बढी हो। तर, उक्त रकमको हिसाब कम्पनीको कुनै पनि बैठकमा पेश गर्ने गरिएको छैन। 

उक्त रकम सञ्चालक समितिमा रहेका व्यक्तिहरुले भ्रष्टाचार गरेको दाबीसहित मन्त्रालय, विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता भएको छ।

गाडीहरुबाट असुल गरिएको लाखौं रकममा भ्रष्टाचार भएको र सिन्डिकेट चलाउनेहरुले कमाउ धन्दा बनाएको गुनासोसहित कम्पनीकै कतिपय सेयर सदस्यले उजुरी गरे पनि राजनीतिक दलहरुको दबाबका कारण छानबिन हुन नसकेको उनीहरुको दाबी छ। यसरी दर्ता स्वीकृति नपाएका तर सञ्चालनमा रहेका ८ वटा ट्यासीबाट उठ्ने रकम मजदुर नेताहरुको खल्तीमा जाने गरेको सेयर सदस्यहरुको दाबी छ।

यस विषयमा सोध्न खोज्दा कम्पनीका सञ्चालक सम्पर्कमा आउन चाहेनन्।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०७५  ०१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माफी माग्दै सुनिताले भनिन्: काठमाडौं महानगर फेरि एकढिक्का भएको छ
मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली,११ अर्ब ४१ करोडको कारोबार
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलमसहित ३२ समेटिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
माफी माग्दै सुनिताले भनिन्: काठमाडौं महानगर फेरि एकढिक्का भएको छ आइतबार, असार २९, २०८२
मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली,११ अर्ब ४१ करोडको कारोबार आइतबार, असार २९, २०८२
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलमसहित ३२ समेटिए आइतबार, असार २९, २०८२
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन आइतबार, असार २९, २०८२
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्