काठमाडौं– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएका छन्। उनीहरुबीच इन्गेजमेन्ट भएको छ।
इंगेजमेन्ट भएको कुरा आयुष्मानकी आमा रविना देशराज जोशीले खुलासा गरेकी हुन्। रविनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका र आयुष्मानबीच इंगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै छोरा-बुहारीलाई बधाई दिएकी छन्।
उनीहरुबीच विवाह कहिले हुने हो भन्नेबारे भने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।