काठमाडौं-जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटान्सले चेन्नइ सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ । ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय मद्दतमा गुजरातले चेन्नईलाई हराएको हो ।
१३२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।
गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे । चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए ।
यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।