काठमाडौं- निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा आयोगले सरावगीसँग स्पष्टीकरण सोधेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको आयोगले जनाएको छ।
सरागवीले वैशाख २६ गते राति १२:३० बजे महानगरको वडा नम्बर १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै यादवले उजुरी दिएका थिए।
'मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो?' आयोगले सरावगीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।