एजेन्सी– अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको बहुप्रतिक्षित ठानिएको वार्ता रद्द गरेको छन्। वार्ताका लागि उचित समय नभएको भन्दै उनले रद्द गरेका हुन्।
आगामी जुन १२ मा दुई नेताबीच सिंगापुरमा वार्ता तय भएको थियो। उनले किमलाई पत्र लेख्दै तत्कालका लागि वार्ता भेटवार्ता हुन नसक्ने र पछि छिट्टै भेटवार्ता गर्ने उल्लेख गरेका छन्। उक्त पत्र ह्वाइटहाउसले सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।