सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन्। गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो।
गोलेले सधैं मदिरा सेवन गरी झैझगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन्। श्रीमतीसँग मदिरा सेवन गर्न उनले रु २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सुरु भएको झगडाले यो रुप लिएको परिवारले बताएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।