काठमाडौं– राजधानीमा पार्किङबाट स्कुटर चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। चोरीका तीन वटा स्कुटरसहित ३ जनाको समूहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काभ्रेका दीपक लामा, रोशन जोशी र सुसान आलेमगर छन्।
बिहीबार साँझ पचली मन्दिरबाट स्कुटर चोरी गरी लिएर जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।
स्कुटरको ह्यान्डल लक फुटाएर मास्टर की प्रयोग गरी उनीहरुले चोरी गर्दै आएको प्रहरीले जनाएको छ। बुधबार उनीहरुले बसन्तपुरबाट मुना श्रेष्ठको स्कुटर चोरी गरेका थिए।
उनीहरु स्कुटर चोरीमा पेशेवर समूह रहेको प्रहरीले जनाएको छ। उनीहरुले चोरीको स्कुटर नक्कली नम्बरप्लेट राखेर सस्तोमा बिक्री गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।