काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ९ जना जेल चलान भएका छन्। २ जनालाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले मंगलबार हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित ९ जनालाई जेल चलानको आदेश दिएको हो।
घटनामा अन्जानबश प्रयोग भएका राजकुमार साह रौनियार र श्याम गुप्ता धरौटीमा छुटेका छन्। ९ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधीश बाबुकाजी बाँनियाको इजलाशले आदेश सुनाएको हो।
हत्यामा संलग्न संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङ; सूर्य बाजी लाई जेल चलान भएका हुन्।
उनीहरुविरुद्ध ३० वर्ष कैद सजाय माग गर्दै कर्तव्य ज्यान, हातहतियार तथा खरखजना र संगठित अपराध मुद्दा दायर गरेको थियो।
घटनामा संलग्न श्याम बहादुर गुरुङ गुम्बे मंगलबार मात्र पक्राउ परेका छन्। घटनामा संलग्न मनोज पुन, गंगा लिङदेन, रोशन बुढाथोकी र लोप्साङ लामा लगायत पनि फरार छन्।
हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा निर्माण व्यवसायी गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका छन्। डाँफे कन्ट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।