धम्बोझी- जिल्लाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वकै दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ।
२०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६ सय थियो। अहिले कृष्णसारको सङ्ख्या १ सय ८४ मात्र रहेको छ। नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पनि पर्दछ।
जनसङ्ख्या बढ्दै जानु, जनघनत्व बढ्नु र अवैध शिकारका कारणले गर्दा यस वन्यजन्तुको संरक्षणमा चुनौती आएको ५ नम्बर प्रदेश सांसद तिलक शर्मा हिमालले बताए।
गुलरिया नगरपालिका–२ पटाहाखैरापुरमा २०३२ सालमा केवल ५ वटा कृष्णसार फेला पारिएको थियो। त्यसमा २ भाले र ३ पोथी थिए। तिनलाई तत्कालीन शाही कर्णाली शिकार आरक्षले संरक्षण गरेको थियो। अहिले ७ सय ८ बिघा क्षेत्रफलमा कृष्णसार रहने व्यवस्था गरिएको छ।
यस कार्यका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च गरिएको थियो। विश्व वातावरणीय सहुलीयत 'जिइएफ' भन्ने दातृ संस्थाको सहयोगमा 'वातावरण बचाउन आन्दोलन सञ्चालन' योजनाअन्तर्गत कृष्णसारको आहारका रुपमा मुसुरो तथा दलहन जातिका बाली लगाउने कार्य गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।