• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

म महासचिवको दाबेदार हुँ : पम्फा भुसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, पुस ९, २०७८  १६:५३

सत्ता गठबन्धनको प्रमुख एक घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको संघारमा छ। माओवादीले यही पुस ११, आइतबारदेखि काठमाडौंमा सुरु हुने यो सम्मेलनलाई प्रथम राष्ट्रिय सम्मेलन भनेको छ। सम्मेलनबाट बहुपदीय संरचनाको अभ्यासलाई अझ परिस्कृत गरेर अघि बढाउन लागेको माओवादी केन्द्रभित्र पदाधिकारी बन्न धेरै नेताहरु आकांक्षी देखिएका छन्। तर, अहिलेसम्म नेताहरुले त्यसबारे सार्वजनिक घोषणा गरिसकेका छैनन्। खासमा पदाधिकारीको संख्या कति हुन्छ भन्ने टुंगो लाग्नै बाँकी छ।
तीन दिनसम्म चल्ने सम्मेलनबाट माओवादी केन्द्रको नेतृत्व तहमा कस्ता अनुहार आउलान्? अनि सम्मेलन मुलतः के कस्ता विषयमा केन्द्रित रहला भन्नेबारे माओवादी भित्र र बाहिर पनि चासो छ। यही सेरोफेरोमा केन्द्रित रहेर माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल लाइभका लागि बीपी अनमोल र वीरेन्द्र ओलीले गरेको कुराकानीः

माओवादी केन्द्रलाई पछिल्लो संसदीय अभ्यासमा लिप्त भइसकेको भन्ने आरोप लाग्दै आएको छ। तपाईंहरु क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने भनिरहनुभएको छ। त्यो कसरी सम्भव होला? 
यसमा मुख्यतः दुई कुरा छन्। पहिलो कुरा त यो आममानिसले भन्ने परम्परागत संसद होइन। यो नयाँ प्रकारको संरचना हो। अहिलेको २१औं शताब्दीमा सबैतिर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छन्। संघीयताको अभ्यास पनि धेरै देशमा छ। नेपालमा हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौं। यो समावेशी संघीय लोकतन्त्र आफैमा नयाँ थियो। नेपालमा हामीले उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदाय भनेर वर्गसंघर्षको सुरुआत गरेका हौं। त्यहीकारर्ण  जनयुद्धले उँचाई र व्यापकता पायो। त्यसलाई हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत गर्यौं। त्यसैको अभिव्यक्तिका रुपमा अहिले संसद चलायमान छ। 

निर्वाचन प्रणालीको रुपमा हेर्नुभयो भने पनि हामीले मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। त्यहाँ महिला, दलित, जनजाति, अल्पसंख्यक, मुस्लिम, पिछडिएका क्षेत्रका सबै छन्। त्यहाँ विभिन्न उत्पीडित जाति, क्षेत्र, लिंग लगायतबाट आएकाहरु छन्। त्यसले गर्दा यसअघिको जस्तो परम्परागत संसद यो होइन। यो व्यवस्था हामीले ल्याएको हो। यसको रक्षा पनि हामीले नै गर्नुपर्छ, गर्छौं। यसको विकास पनि गर्छौं। यसलाई परिमार्जन गर्छौं। त्यसको जगबाट समाजवादका आधार तयार गरेर समाजवादमा जान्छौं।

तत्कालीन एकीकृत नेकपा माओवादी संशोधनवादी भयो भनेर तपाईं पनि हिजो विद्रोह गरेर मोहन वैद्य नेतृत्वको पार्टीमा आवद्ध हुनुभयो। पछि फर्कनुभयो। अब फेरी त्यही माओवादी, त्यही माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा क्रान्तिकारी पार्टी निर्माण कसरी होला?
यो सम्मेलनमा हामी विगतमा हासिल भएका उपलब्धिको समीक्षा गर्छौं। हामीले प्राप्त गरेका सफलताको पनि समीक्षा गर्छौं। हामीले कहाँ कति कमजोरी गर्यौं, त्यसको पनि समीक्षा गर्छौं। ती कमजोरीमा आत्मालोचित हुँदै, सुधार गर्दै अघि बढ्ने प्रण गर्छौं। र त्यसबाट शिक्षा लिएर अगाडि बढ्छौं। एउटा एकीकृत र व्यवस्थित पार्टीको रुपमा माओवादी केन्द्रलाई लिएर अगाडि जान्छौं। पार्टीमा नयाँ विचारको विकास समेत गरेर नयाँ कार्यदिशासहित हामी अगाडि बढ्ने छौं।

सर्वसम्मतिको नाममा पार्टी र जनगर्वीय संगठनमा कतै टाउको मात्रै छ, कतै जिउ मात्रै छ। यस्तो भद्रगोल अवस्था कसरी आयो?
अहिले हाम्रो उद्देश्य विचार र कार्यदिशाको विकास हो। दोस्रो, व्यवस्थित संगठन निर्माण गर्ने हो । हामी एक पटक तलबाट आयौं। जस्तो कि, सेल, टोल, वडा, पालिका, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनसम्म आउँदै छौं। राष्ट्रिय सम्मेलनमा माओवादी आन्दोलनको निर्मम रुपमा समीक्षा गर्छौं। देशले तय गर्ने राष्ट्रिय नीतिबारे बहस गर्छौं। राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको समीक्षा गर्छौं। त्यसखाले प्रतिकुलताको सामना गर्दै सबल रुपमा अगाडि बढ्न सामूहिक छलफल गरेर एउटा निष्कर्षमा पुग्ने छौं। अनि त्यो निष्कर्शलाई लिएर प्रदेश, पालिका, वडा, टोल र सेल कमिटीसम्म पुग्ने छौं। 

अहिले हाम्रो पार्टीमा नवीकरण भएका ८ लाख पार्टी सदस्य छन्। अध्यक्षदेखि ८ लाख पार्टी सदस्यसम्म हामीले गर्ने निर्णय, हामीले तय गर्ने कार्यदिशा आदी जे विकास गर्छौं, त्यसमा बुझाइमै एकरुपता लिएर हामी सम्मेलनबाट फर्कनेछौं। जब ८ लाख पार्टी सदस्य एउटै बुझाईमा एउटै गतिमा अगाडि बढ्छन्, त्यसपछि तपाइँ एउटा माओवादी पार्टी देख्नुहुन्छ।

कांग्रेस, राप्रपा जस्ता पार्टीमा युवाहरु नेतृत्वमा पुगिसके। तपाइँहरु किन प्रचण्डको विकल्प खोज्न तयार हुनुहुन्न?
हामीले कांग्रेस, एमाले, राप्रपासहित गरेर तीन वटा पार्टीका महाधिवेशन हेर्यौं। तर, ती महाधिवेशनमा कहीँ पनि विचारको बहस भएको देखिएन। राष्ट्रको परिस्थिति के हो भनेर समीक्षा गरेको देखिएन। अब राष्ट्र हाँकेर कसरी जाने हो, जनतालाई अगाडि बढाउने कसरी हो भन्नेमा पनि बहस देखेनौं। हामी त विचारमा बहस गर्दै छौं। राजनीतिमा बहस गर्दै छांै। राष्ट्रको बहस गर्दै छौं। अन्तराष्ट्रिय परिस्थितिको बहस गर्दै छौं। जनता र जनजीविकाका समस्याको बहस गर्दैै छौं। देश, जनता र अन्तराष्ट्रिय परिस्थितिको समेत आकलन गरेर कसरी अगाडि बढ्ने भनेर लागिरहेका छौं। हामी सम्मेलनमा मुलतः २१औं शताब्दीमा आवश्यक समाजवादको बहस गर्ने छांै। त्यसले विश्वभरका कम्युनिस्ट सर्वहारालाई सकारात्मक योगदान गर्ने छ। विश्वभरका कम्युनिस्ट विरोधीहरु, साम्राज्यवादी र प्रतिक्रियावादीलाई नकारात्मक हुनेगरी अगाडि बढ्ने छौं।

सम्मेलनमा नीतिभन्दा नेतृत्वको बढी चर्चा हुन थाल्यो। यसकारण पनि माओवादी अरु संसदीय पार्टी भन्दा फरक भयो भन्ने देखिन्न नि। केही फरक छ? 
हैन, हामी त पहिले विचारमा बहस गर्छौं। त्यसपछि त्यो विचारको कार्यान्वयनको निम्ति फेरी आवश्यक एउटा जुझारु संगठन र नेतृत्वको टीम बनाउछौं। अहिले हाम्रो पहिलो बहस विचारकै हो। राष्ट्रिय सम्मेलनसम्म जाँदा त्यहाँ प्रस्ताव प्रस्तुत भएपछि फरक मतसहितको प्रस्ताव पनि आउला। त्यही प्रस्तावभित्र थप  वा आंशिक हिसाबले पनि केही प्रस्ताव आउला। तर, अहिलेसम्म हाम्रो पार्टीमा विचारमा कुनै विमति छैन। 

माओवादी पार्टी अध्यक्षले नै अगाडि जान खोज्यो भने धमिलो देखिन्छ, तस्बीर एकदमै स्पष्ट केही देखिँदैन, त्यसकारण हामी रुमल्लिएका छौं भन्ने गर्नुभएको छ। त्यो भनेको के हो? 
त्यसैले त अहिले यो सम्मेलन दुरबिनका रुपमा आयोजना हुँदैछ। यही सम्मेलनले नै माओवादीलाई दिशानिर्देश गर्नेछ। हामी कता जाने हो भनेर मार्ग निर्देशन गर्नेछ। हामीले माओवादीलाई के बनाउने हो भनेर एउटा पूर्वचित्र वा खाका तयार हुनेछ। र, हामी निर्माणको अभियानमा लाग्ने छौं। 

हाम्रै जीवनकालको अनुभुति के हो भने जब हामी बाटो पहिल्याउँछौं, त्यसपछि हामी माओवादी भनेको सायद अरु पार्टीभन्दा अलि फरक मान्छे हामैं भन्ने प्रष्ट हुन्छ। त्यो फरक मान्छे हुनु भनेको भौतिक हिसाबले होइन कि विचार र राजनीतिले नै फरक हो। हामी जब फरक हिसाबले फरक मानिसहरुले फरक बाटो र विचार खोज्छौं, त्यसपछि हामी यति तीब्रतामा जान्छौं कि मानिसले कल्पना नगरेका परिणाममा पुर्याउँछौं।

तपाईंहरुकै पूर्व सहकर्मीहरुमध्ये वैद्य, विप्लवहरु अब माओवादी संसदीय अभ्यासमा लिप्त भइसक्यो, अब त्यसबाट उत्रिन सक्ने अवस्थै छैन भनिरहनुभएको छ। के भन्नुहुन्छ? 
त्यो बिल्कुल होइन। यो हामीले ल्याएको व्यवस्था हो। यो परम्परागत संसद हुँदै होइन। हामीले ल्याएको समावेशी, संघीय, लोकतान्त्रिक गणतन्त्र हो। हामीले दश वर्षमा हजारौं शहीदको बलिदानबाट ल्याएको व्यवस्था हो। आज हाम्रो अजेन्डा नै राष्ट्रको भएको छ। यसको रक्षा गर्ने कुरा, यसलाई परिमार्जन र विकास गर्ने कुरा हाम्रो दायित्व हो। हामी त्यो गर्छौं नै। त्यो कुनै संसोधनवाद होइन। तर, हामी त्यसैलाई समाएर त्यहीँनेर मात्र  बस्दैनौं। हामी अगाडि बढ्छौं। अगाडि बढ्ने मार्गप्रशस्त पनि गर्छौं। त्यो भनेको २१औं शताब्दीको नेपालको समाजवादको कार्यदिशा के भन्ने कुरा यो सम्मेलनबाट दिशानिर्देश गर्छौं। मार्ग बनाउछौं। त्यसको एउटा चित्र कोर्छौं र त्यही मार्गबाट अगाडि बढ्छौं। हामीले नेपालमा हाम्रै जीवनकालमा समाजवादको आधार तयार पार्नेर्छौं। 

यसका लागि संसदबाहिर रहेका कम्युनिस्ट पार्टीहरुसँग पनि एकता गर्नुहुन्छ?
हामीले सबै कम्युनिस्ट शक्तिहरुबीच एकता गरौं भनेका छौं। एकता नहुनेसँग हामी गठबन्धन गर्छौं। मोर्चा बनाउछौं। हामी त कम्युनिस्टको मात्र कुरा गर्दैनौं, लोकतान्त्रिक शक्तिसित पनि मोर्चा बनाएका छौं। अहिले पनि पाँच दलीय गठबन्धन बनाएका छौं। हाम्रो संविधान, हाम्रो व्यवस्था हामीले प्राप्त गरेका उपलब्धिविरुद्ध जुन प्रतिगमन र प्रतिक्रान्ति आयो, त्यसका विरुद्ध हामी लड्यौं। प्रतिगमनको खतरा अझै पनि छ। त्यहाँ त हामी गठबन्धन बनाउन तयार छौं भने विचार मिल्ने कम्युनिस्टसित एकता गर्ने र त्यो सम्भव नभए मोर्चा बनाएरै भए पनि सहकार्यमा जान्छौं।

राष्ट्रिय सम्मेलनमा तपाईं महासचिवको उम्मेदवार भनेर चर्चा भइरहेको छ। तपाईंको दाबी कुन पदमा हो? 
हो, चर्चा छ। अब हामी बहुपदमा जाँदैछौं। बहुपदमा जाँदाखेरि मैले पनि त्यो लिनु हुन्न भन्ने छैन। मैले दाबी गरिसकेको छैन। हाम्रो चर्चा चल्दा म पनि हो भनेर मैले भन्छु नै। 

तपाईं महासचिव हुनुपर्छ आधार के हो?
होइन, मैले आफ्नो समग्र जिन्दगी नै यही आन्दोलनमा बिताएको होइन र? हिजो प्रतिकुल अवस्थामा पनि पार्टीले दिएका जिम्मेवारी लिएँ, त्यसमा दत्तचित्त भएर लागेँ। अहिले त म त्यो भन्दा बढी छु, अनुभव, ज्ञान, क्षमताको हिसाबले पनि धेरै छु जस्तो लाग्छ। त्यसैले मैले त्यो अवसर पाएँ भने त्यो जिम्मेवारीलाई इमान्दारीपूर्वक बहन गर्न सक्छु।

सम्मेलनमा महासचिवमा प्रतिस्पर्धा भयो भने दोस्रो पुस्ताका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतको नाम पनि अगाडि आइरहेको छ नि? 
यो चाहिँ कस्तो भयो भने एउटा व्यक्ति हिरो हुने कुरो त होइन। हाम्रो सामूहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्ति हो। एउटा व्यक्तिले मात्र भनेर भएन, यहाँ कमिटीको कुरा हो। तर यता जान्छ कि उता जान्छ भनेर होइन। उहाँहरु मात्रै होइन, मैले चाहिँ किन नसक्ने?

सर्वसम्मत हुने अवस्था भएन भने तपाईं चुनावमै जान पनि तयार हो?
होइन, अहिले के हुन्छ भन्ने कुरा रहेन। पार्टीको परिस्थितिले के भन्छ, त्यसपछि मात्रै भन्न सकिन्छ। छलफल होला, त्यसै अनुसार अघि बढ्ने हो। संवादको परिस्थितिमा जे आउँछ, त्यसबेला मैले पनि त्यो कुरामा निर्णय गर्छु। 

 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित भिडियो
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन #LIVE आइतबार, पुस ११, २०७८
म महासचिवको दाबेदार हुँ : पम्फा भुसाल [अन्तर्वार्ता] शुक्रबार, पुस ९, २०७८
अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता] बिहीबार, पुस ८, २०७८
ताजा समाचारसबै
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
कर्जा दुरुपयोगको अभियोगमा थुनामा रहेका व्यवसायी शंकर अग्रवाल १० लाख धरौटीमा रिहा बुधबार, भदौ ३१, २०८३
प्रधानमन्त्री शाह र जापानी राजदूत तोरुबीच भेटवार्ता, बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्