• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो

अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस ८, २०७८  १८:०६

नेकपा माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ। 'क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने' लक्ष्य राखेको माओवादीले देशैभरबाट २ हजार प्रतिनिधि भेला गरेर सम्मेलन गर्न लागेको हो। यसै सेरोफेरोमा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी :

कांग्रेस, एमाले, राप्रपा, माले लगायतका पार्टीले महाधिवेशन गरेर नेतृत्व चयन गरे। माओवादी केन्द्रले भने थोरै प्रतिनिधिको साथमा राष्ट्रिय सम्मेलन मात्रै गरेर किन टार्न थालेको?
कम्युनिस्ट पार्टी सर्वहारा वर्गको चेतनाले ओतप्रोत सदस्यहरुबाट बनेको हुन्छ। महाधिवेशन भनेको कम्युनिस्ट पार्टीको विश्वविद्यालय हो। त्यहाँ विचारको मन्थन हुन्छ, छलफल हुन्छ र निचोड निस्कन्छ। हामीले खास महाधिवेशन गर्न लागेका हौं। अरुले चाहिँ महामेला गरे। त्यहाँ विचारको छलफल र बहस भएन। मेला लगाउन हामी पनि सक्छौं। तर, हामी छलफल र बहस गर्दैछौं।

हाम्रो महाधिवेशन माओ दिवसकै दिनबाट सुरु हुँदैछ। त्यसबाट पनि बुझ्नुपर्छ, माओ दिवस अर्थात विचारको बहस। आवश्यकता पर्‍यो भने एक/दुई दिन अझै थप्न सक्छौं। त्यसैले पाँच दिनका लागि हल बुक गराएका छौं। विचारमा एकरुपता ल्याउने भन्ने छ। यो सम्मेलनबाट एउटा नयाँ दिशा दिनु छ। क्रान्ति भनेको कुनै किताबमा लेखिएको हुँदैन। विगतका क्रान्ति हाम्रो लागि शिक्षा हुन्छ। विगतका आधारभूत सिद्धान्तहरु हाम्रो लागि गाइडलाइन हुन्छन्। तर, हाम्रो सन्दर्भमा हामीले नै विचारको विकास गर्नुपर्ने छ। त्यो हिसाबमा हामीले दुई हजार प्रतिनिधिका बीचमा छलफल गर्नु ठूलो कुरो हो।

विचारको के बहस गर्दै हुनुहुन्छ? अर्मूत भयो, प्रष्ट पार्नुस् न?
अर्मूत होइन। सारमा त्यही हो। मार्क्सवाद, लेनिनवाद र माओवाद भनेको हाम्रो पथप्रदर्शक सिद्धान्त हो नि। हामीले ‘प्रचण्डपथ’को पनि विकास गरेका थियौं। तर, हामीले कुनै बहस नै नगरिकन त्यसलाई छाडिदियौं। त्यत्रो दशौं हजार जनताको बलिदानबाट, नेता कार्यकर्ताको श्रम र पसिनाबाट, स्वयं प्रचण्डकै मुख्य नेतृत्वमा ‘प्रचण्डपथ’को निर्माण भएको थियो। त्यसको अहिले  पनि सान्दर्भिकता छ। हाम्रो आन्दोलनमा कहीँ न कहीँ ठूलो भूल भएको छ। अहिले चाहिँ विचारको बहस भनेको लाइनको बहस हो।

हामी मार्क्सवादी र क्रान्तिकारीहरुले लक्ष्य प्राप्तिका लागि सिद्धान्त छोडदैनौं। नयाँ परिस्थिति आयो भने बाटो फेर्छौं तर, सिद्धान्त र लक्ष्य छोडदैनौं। शान्ति प्रक्रियामा आएपछि केही चिजहरु छायाँमा परेको छ। अहिले समाजवाद सबैले भन्छन्। नेपालको समाजवाद कस्तो हुने, चीन वा रसियाको जस्तो त हुँदैन। कुनै पनि देशको जस्तो हुँदैन। किनभने यहाँ त वर्ग मात्रै छैन। उत्पीडित समुदाय पनि छ। यहाँ सबै छन्। तिनीहरुलाई हामीले कसरी सम्बोधन गर्ने? कसरी समाजवादको बाटोमा सबैलाई समेटेर लैजाने? त्यसको स्पष्ट खाका हुनुपर्‍यो।

कांग्रेसले जन्मकालदेखि समाजवाद भन्छ। हामीले जनवादको कुरा गर्‍यौं। अहिले समाजवादको कुरा गरिरहेका छौं। भोलि गएर साम्यवादको कुरा गर्छौं। स्पष्ट विचार हुनुपर्‍यो। लाइन हुनुपर्‍यो। माओले भनेका छन्- विचारधारात्मक र राजनीतिक लाइन ठीक हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्छ। लाइन ठीक भयो भने सबै चिज प्राप्त हुन्छ। लाइन ठीक भएन भने सबै चिज गुम्छ। हामीले यो समीक्षा गर्नुपर्छ। शान्ति प्रक्रियामा आइसकेपछि हामी कहाँकहाँ चुक्यौं? हाम्रा सबल पक्ष के हुन्? के के उपलब्धि भयो? ती सबैमाथि छलफल गर्छौं। त्यसैलाई विचारको बहस भनेको हो।

‘प्रचण्डपथ’को विषयमा तपाईंले कुरा उठाउनुभयो। तर मोहन वैद्य, बाबुराम भट्टराई लगायतका तपाईंकै पूर्वसहयात्रीहरु ‘प्रचण्डपथ’को सन्दर्भमा व्यक्तिको देवत्वकरण गरेर गल्ती गरेछौं भनिरहनुभएको छ नि?
हामी सामन्ती समाजमा जन्मेका र हुर्केका नेताहरु पर्‍यौं। तपाईंहरु जस्तो नयाँ होइनौं। पुराना पर्‍यौं। कम्युनिस्ट पार्टीको टिमका अरु पनि सदस्यहरु हुन्छन्। तर, जो मुख्य हुन्छ, उसको मात्रै नाम आउँछ। तर, हामी सबैले ‘प्रचण्डपथ’ स्वीकारेको हो। ‘जनयुद्ध’को सर्वोच्च नेतृत्व भनेको उहाँ नै हो। त्यसैले उहाँको नाममा नामाकरण गर्‍यौं। देवत्वकरण गर्न खोजेको होइन। जब पद खतरामा पर्थ्यो, प्रचण्डमाथि आक्रमण गरिन्थ्यो। जब पद सुरक्षित हुन्थ्यो, प्रचण्डमा बिलिन भयो भन्थे। म त्यसको पनि विरोध गर्दै आएको मानिस हो।

देवत्वकरणको सन्दर्भमा, कुनै पनि आन्दोलनको केन्द्रिकृत नेतृत्व चाहिन्छ। टिमको पनि एउटा नेता हुन्छ। कम्युनिस्ट पार्टीको लिडर त लिडरको पनि लिडर हुन्छ। कि त अर्को लिडर आउनुपर्‍यो। एकपटक मैले केन्द्रीय समितिको बैठकमा तपाईंहरु नयाँ विचार ल्याउनुस् भनेको थिएँ। मलाई शंका लाग्छ, तपाईंहरु नेतृत्व पनि गर्न सक्नुहुन्न भनेको थिएँ। मैले त्यसो भन्दा मानिसहरुलाई लागेको थियो, यसले खालि प्रचण्डलाई मात्रै नेता मान्छ। मैले सबैलाई सम्मान गरेकै हो। विचार हुनुपर्‍यो। नेता हुनु र विचार दिनु फरक कुरा हो। हामी कसैको लाइनको व्याख्या र विश्लेषण गर्न सक्छौं। केही चिज देख्यो भने त्यसमा अलिकता फुलबुट्टा भर्न पनि सक्छौं। तर, विचार ल्याउन त समाजको अध्ययन गर्नुपर्छ र सारा चिज केलाउनुपर्छ। त्यो क्षमता प्रचण्डमा थियो। हामीलाई पुष्पकमल दाहाल पनि चाहिने र प्रचण्ड पनि चाहिने भयो। प्रचण्ड भनेको क्रान्ति हो, आन्दोलनको नेतृत्वकर्ता हो। मलाई प्रचण्ड नै चाहिन्छ।

अब वैचारिक हिसाबमा माओवादी पनि एमाले र कांग्रेस भन्दा फरक हुँदैन भनिन्छ नि?
संसदीय अभ्यासमा गएको पार्टी फेरि 'जनयुद्ध'मा गएको उदाहरण छैन। शान्ति प्रक्रियामा आएपछि माओवादीले झन् ठूलो फड्को मार्ने काम गरेको छ। यो सबैको नेतृत्व प्रचण्डले नै गरेका हुन्। पार्टीमा सबैभन्दा पहिला विद्रोह गर्ने म हो। अरु सबैले नजा भन्दाभन्दै हामी विद्रोहमा निस्केका हौं। नेत्रविक्रम चन्द 'विप्लव'ले पनि शान्ति प्रक्रियामा आएपछि अर्को प्रचण्ड हुन्छु भनेर विद्रोहमा जानु भएको हो नि, सक्नु भयो त? सक्नुभएन नि। त्यसैले 'जनयुद्ध'को लिगेसी प्रचण्ड बाहेक अरुसँग रहेनछ भन्ने देखियो। दुनियाँको शक्तिले प्रचण्डलाई सक्न खोज्यो। प्रचण्ड बाँचेसम्म माओवादी नसकिने भयो भनेर उहाँलाई सकाउन सबै लागेकै छन्।

हामीले निर्माण गरेको संविधान संशोधन प्रस्तावमा कतिपय साथीहरुले संशोधन गरौँ भन्नुभएको छ। म पनि संविधान जलाउनेमध्येको हो। त्यतिबेला मैले प्रचण्डलाई संविधान काम लाग्ने भएन भनेर भनेकै हो। तर, हामीले हासिल गरेका उपलब्धिहरु गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्छ र उपलब्ध भएको कुरा त फरक मतमा भए पनि लिनुपर्छ भनेर मलाई अध्यक्षले सम्झाउनुभएको थियो। अहिले संघीय गणतन्त्रमाथि हमला भइरहेको छ। म यही अवस्थामा रहनुपर्छ भन्ने सोच्दिनँ तर, प्राप्त उपलब्धिलाई रक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।

माओवादी केन्द्रमा क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी पार्टीमा रूपान्तरण हुने आधार देख्नुहुन्छ?
म प्रचण्डको आलोचना पनि गर्छु। यो बिगार्ने उहाँ नै हो। नेता हो भने पनि उहाँ नै हो। उहाँले चाह्यो भने फेरि पार्टी बन्छ। अहिले प्रदेश सम्मेलनको भाषण हेर्नुभयो भने दुश्मनहरु आत्तिएका छन्। दलाल पुँजीवाद लगायतका विषयमा उहाँले राखेका विचारहरुमा बहस पनि भयो। यसलाई व्यवस्थित रुपमा लग्न रुपान्तरण हुनै पर्छ। मूल नेतृत्वले आँट गरेपछि रुपान्तरण हुन्छ। प्रचण्डले म अब रुपान्तरण गर्छु भन्नुभएको छ। उहाँले आँट गरेमा हुनसक्छ। हामीले यही कुरामा विश्वास गरेका छौँ।

रूपान्तरणकै कुरा गर्दा प्रचण्डलाई ठेकेदारको घरमा बसेको भनेर आलोचना हुने गर्छ। लाजिम्पाटदेखि खुमलटारसम्म बस्दा ठेकेदारकै घर चाहिने अनि रूपान्तरणको कुरा गरेर हुन्छ त?
एक समयमा प्रचण्ड एक लाखको खाटमा सुतेको चर्चा भयो। आलोचना पनि भयो। अहिले एक लाखको खाटमा जोसुकै सुत्छन्। यसलाई चर्चामा ल्याएर आलोचना गर्नुपर्ने कुनै कारण थिएन। कुरा आवश्यकताको हो। पहिला गाडी चढ्दा आलोचना हुने गरेको थियो। अहिले यही आवश्यकता भयो। कुन नेताले गाडी चढेको छैन? कुन नेताले घर लिएर बसेको छैन? कुनै नेता सुकुम्बासी बस्तीमा गएर बसेको छ? कुन पत्रकार सुकुम्बासी बस्तीमा बसेको छ? विदेशी आउँछन्, पार्टीको बैठक हुन्छ, त्यसका लागि पनि आवश्यकता हुने स्थानमा त बस्नै पर्‍यो। धेरै ढोंग पनि गर्नुहुँदैन। आवश्यकता र मोजमस्ती फरक कुरा हुन्। मानिसहरुलाई कहाँ भेट्ने? रोडमा त हुँदैन। त्यसैले काठमाडौंमा राम्रो ठाउँमा घर चाहिने आवश्यकता हो। आफ्नै घर हुन किन्नुपर्‍यो, त्यसका लागि पैसा चाहियो। माओवादी कसैको पनि यत्रो घर छैन। कसैले लुकाएर राखेको भए होला, नत्र व्यापारी वा राजा महाराजकै घर लिनुपर्‍यो। यो आवश्यकतालाई पनि बुझ्न जरुरी छ। 

पार्टीमा वैचारिक रूपान्तरण र सांगठनिक सुदृढीकरण गरिन्छ भन्नुभएको छ। यो नारा अनुसार पदाधिकारी र प्रतिनिधि चयनको कुरा मिलेको छ?
एउटा कुरा बुझ्नुस्, हाम्रो पार्टी नै अस्तव्यस्ताबाट आएको हो। भद्रगोल थियो। यसैमा गोल गर्न लागिएको छ। सुरुवात त गरियो नि! वडा, पालिका र प्रदेश अधिवेशन एकै पटक गरियो। कतिपय स्थानमा म आफैं पनि सक्रिय सहभागी भएको छु। जे होस्, सुरुवात त भयो। अव्यस्थित रुपमा रहेको पार्टीको लागि यतिलाई पनि उपलब्धि नै मान्नुपर्छ। एउटा प्रक्रियामा गएको छ। हामी कसैलाई जिम्मेवारी तोकेर जिम्मा लगाउँदै आएका थियौं। अहिले निर्वाचन वा एउटा प्रक्रियाबाट छानिने अभ्यास सुरु गरेका छौं। पार्टीले सके सर्वसम्मति गर्नु, नसके निर्वाचन गर्नु भनिसकेको छ।

समस्या भएको देखिन्छ नि त! राष्ट्रिय सम्मेलन आउन हप्ता दिन पनि बाँकी छैन तर, अझै प्रदेश पदाधिकारी टुंगो लागेको छैन। जनवर्गीय संगठनहरुमा त्यस्तै हालत छ। कसरी राम्रो भयो र?
हामी मिलाउँछौ। नेपालीहरुको बानी 'लास्ट आवर'मा काम गर्ने हुन्छ। समयमा काम नगर्ने र अन्तिममा हतारहतार गर्ने हुन्छ। त्यसमा पनि माओवादीमा यो अभ्यासै थिएन। साँच्चै भन्दा, माओवादी व्यवस्थित नै छैन। मलाई खुशी लागिरहेको छ, विवाद भए पनि केही भइरहेको छ। त्यसपछि मात्रै एउटा सेटमा जान्छ। एक पटक सेटमा गएपछि अभ्यस्त हुन्छ। एकाध मान्छेले प्रचण्डले हुन दिएन भन्न सक्छन्। त्यो भएन भन्न सक्ने आँट भएका मान्छे छन्, त्यसलाई पनि मान्नुपर्छ। 

प्रचण्डले साँच्चिकै हस्तक्षेप गरेको भए उहाँलाई भेटेर भन्नुपर्‍यो। होइन भने, प्रचण्डले हुन दिएनन् भन्न हुन्न। मेरो कुरा साथीहरुले स्वीकार गर्छन् भने चुनावमा पनि बहुसख्यक सदस्यले टिकट दिनुपर्छ भनेपछि मात्रै दिनुपर्छ भन्ने लाग्छ। त्यति मात्रै होइन, चुनावमा टिकट दिँदा फलानालाई टिकट दिनुपर्छ भनेर चुनाव हुनुपर्छ।

हिजोसम्म एउटा अभ्यास भयो। त्यसको रहलपहल होला। एकै पटक हुँदैन। पुँजीवादी क्रान्ति गर्‍यौं भन्छौं। सामन्तवादका अवशेषहरु छन् नि। एकै पटक जाँदैन। प्रचण्डले हस्तक्षेप गरेका हुन् भन्ने लाग्छ भने चुनावमा उठ्ने नि। उम्मेदवारी घोषणा गर्ने नि। त्यो नगर्ने, अनि यस्तो भएको छ भनेर मात्रै भनेर हुन्छ? त्यसरी बदनाम गर्ने काम हामीले गर्नुहुन्न।

कांग्रेस–एमाले लगायत दलहरुले माओवादी चुनावदेखि डराउँछ, त्यसैले आन्तरिक चुनावको अर्थ छैन भन्छन् नि?
के माओवादी चुनावमै गएको छैन? माओवादीमा जति लोकतन्त्र कुनै पार्टीमा छैन। माओवादीमा जति बहस कुनै पार्टीमा बहस हुँदैन। भोट खसाल्ने महाधिवेशनमा कहीँ विचारको बहस हुन्छ? वैचारिक बहस भइसकेपछि नेतृत्वको कुरा आउँछ। पार्टीमा लोकतन्त्रको अभ्यास पहिलेदेखि नै गर्दै आएका छौं। अल्पमत बहुमतको अभ्यास पहिलदेखि नै गर्दै आएका छौं। बहुमतबाट निर्णय गर्दै आएका छौं। अल्पमतमा परेकालाई पनि ल्याइन्छ। महाधिवेशनमा हारेकालाई देउवाजीले ल्याउनु हुन्न? ओलीजीले मनोनित गरेनन्? त्यसो भए महाधिवेशनमा हारेकालाई किन मनोनित गरे? गर्नु पर्ने हो? महाधिवेशनबाट जति आए आए, नआएकाहरुलाई त छोड्नुपर्ने हो। उनीहरुको पार्टी बडो लोकतान्त्रिक भन्छन्, त्यसो भए किन मनोनित गर्नुपर्‍यो? त्यसैले हामीले पार्टीमा सर्वसम्मत गर्ने र भएन भने मात्रै चुनाव गर्ने भनेका हौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकताको चर्चा थियो। यो विषयमा के भइरहेको छ?
त्यो मलाई थाहा छैन। त्यसको लागि समिति बनेको छ। अरु ठूलाठूला नेताहरु लागेका छन्। ओली बाहेकको नेकपाको बैठक बसेका थियौं। त्यतिबेला सबै क्रान्तिकारीहरुलाई ल्याउनुपर्‍यो भन्ने थियो। समाजवादी क्रान्ति गर्ने हो भने सबै क्रान्तिकारीहरुलाई ल्याउनुपर्छ भन्ने थियो। अवसरवादीहरुसँग एकता गरेर केही हुन्न। ओलीसँग एकता गरेर के भयो, देखियो। बादलजीहरु ओलीसँग किन जानुभयो, त्यो उहाँसँग सोध्नुहोला। तर, मलाई आश्चर्य लाग्छ। बादलजी त्यहाँ जाने मान्छे होइन। केही समस्या परेर जानुभयो कि भन्ने लाग्छ। जानुभन्दा एक दिनअघि के गरौँ, के गरौँ भन्नुहुन्थ्यो। एमालेमा जाने नेताहरुको विषयमा धेरै टिकाटिप्पणी गर्न चाहन्नँ।

कतिपयले भन्दै छन्, ओली पनि उस्तै हुन्, प्रचण्ड पनि उस्तै हुन्। प्रचण्ड अरुलाई प्रधानमन्त्री बनाउँदै हिँडेका नेता हुन्। ओली आफ्नो लागि जे पनि गरेका नेता हुन्। संविधान स्वीकार गरेको प्रधानमन्त्री बन्न, वामगठबन्धन गरेको प्रधानमन्त्री बन्न, सरकार बनाएको पनि तानाशाह बन्न र पार्टी फुटाएको प्रधानमन्त्री बनिराख्नलाई हो। ओली र प्रचण्ड उस्ताउस्तै भन्नु मार्क्सवाद विपरीत कुरा हुन्। जीवन नै आन्दोलनमा लगाएका साथीहरुको चेतना त्यस्तो हुनुहुँदैन। बाध्यता हो भने अर्कै कुरा भयो। यदि त्यस्तो बोलिस् भने खतम गर्दिन्छु भन्दा नबोल्नु निरीहता हो। त्यो क्रान्तिकारिता होइन।

सबै मान्छे चाहेर पनि प्रचण्ड बन्न सक्दैनन्। कुनै पनि व्यक्ति बन्न धेरै चिज जोडिएको हुन्छ। ओली र प्रचण्ड एउटै हो भन्नु आफूप्रति नै अन्याय गर्नु हो। आफ्नो बुझाइप्रति नै अन्याय गर्नु हो। बडो धुरन्धर विद्वानले मार्क्सवाद जोडेको पनि देखियो। के मार्क्सवाद बुझेको होला?

अब फरक प्रसंगमा जाऔं। एमसीसी संसद्‌बाट पारित हुन्छ?
अमेरिकाले गरेको सहयोग भने लिइराखिएकै छ। हाम्रो संविधान, राष्ट्रियता, लोकतन्त्रभन्दा माथि कुनै चिज हुँदैन। कसैको सहयोग हुँदैन। संसद्‌बाट पारित हुन कुनै सन्धि हुनुपर्‍यो, एमसीसी त कुनै सन्धि होइन। अमेरिकाको सहयोग नै लिनुहुँदैन भन्ने पक्षमा छैनौं। सहयोग लिनुपर्छ नै भन्ने छ। अमेरिकाले दिएका सबै सहयोग संसद्‌बाट पारित गराउन थाल्यो भने के हुन्छ? यो नेपाल रहन्छ? हाम्रा कांग्रेसका कतिपय नेताहरु बडो विचित्रका छन्। हाम्रा मार्क्सवादी भनाउँदाहरुको त्यस्तो हालत छ।

एमसीसी अहिलेको संसद्‌बाट पारित हुँदैन। यसका लागि ओली र देउवा मिल्नुपर्छ। देउवाजीले यो गठबन्धन तोडेर एमसीसी पारित गर्नुहुन्छ भन्ने लाग्दैन। देउवाजी त पहिला ओलीसँगै मिल्नुभएको थियो नि! पहिलो संसद् विघटनमा ओलीसँगै मिल्नुभएको थियो। 'अर्ली इलेक्सन'मा सहमत हुनुहुन्थ्यो नि! पछि हेर्दै जाँदा ओली बडो खतरनाक मान्छे रहेछन् भन्ने बुझ्नुभयो। हाम्रो नेताहरुले बुझाउने काम पनि गर्नुभयो। कांग्रेसभित्र पनि गठबन्धन पक्षधर छन्। देउवा स्वयं गठबन्धनको पक्षमा हुनुहुन्छ। मलाई यो गठबन्धन टुट्छ भन्ने लाग्दैन। यो गठबन्धन टुटाउने भुल कसैले गर्दैन।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित भिडियो
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन #LIVE आइतबार, पुस ११, २०७८
म महासचिवको दाबेदार हुँ : पम्फा भुसाल [अन्तर्वार्ता] शुक्रबार, पुस ९, २०७८
अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता] बिहीबार, पुस ८, २०७८
ताजा समाचारसबै
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
कर्जा दुरुपयोगको अभियोगमा थुनामा रहेका व्यवसायी शंकर अग्रवाल १० लाख धरौटीमा रिहा बुधबार, भदौ ३१, २०८३
प्रधानमन्त्री शाह र जापानी राजदूत तोरुबीच भेटवार्ता, बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्